अनधिकृतरुपमा एसएमएस पठाएको आरोपमा निर्देश सेढाई पक्राउ

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
अनधिकृतरुपमा एसएमएस पठाएको आरोपमा निर्देश सेढाई पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति फरक फरक भास सेवा प्रदायकहरुबाट एसएमएस पठाउने निर्देश सेढाईलाई पक्राउ गरेको हो।

केही दिनअघि अनधिकृत रूपमा राजतन्त्रको समर्थनमा प्रदर्शन गर्नका लागि बल्क एसएमएस अधिकांश व्यक्तिको मोबाइलमा पठाईएको थियो। त्यसले व्यक्तिगत मोबाइल नम्बरको दूरुपयोग र गोपनीयता भंग भएको भन्दै नेपाल टेलिकमको चर्को विरोध भएको थियो।

‘भौगोलिक जटिलता बाट नेपाललाई बचाउँदै फेरी महान सम्बैधानिक अधिराज्य बनाउनको लागि पौष ३० गते १२ पिएम देखि बालुवाटार। निर्देश सेढाईं,’ मेसेजमा लेखिएको थियो।

यस बाहेक उनले अर्को बल्क एसएमएस सेवामार्फत एसएमएस समेत पठाएर सनातनी महान अधिराज्य नेपाल बनाउनको लागि भन्ने उल्लेख गरेका थिए।

नेपाल टेलिकमले मंगलबार विज्ञप्ति जारी गरेर आफूले बल्क एसएमएसको लागि भ्यालु एडेड सर्भिसेज (भास) सेवाको लागि भास सेवा प्रदायकलाई व्यापार व्यवसाय प्रवर्द्धनका लागि मात्रै अनुमति दिएको बताएको थियो।

त्यसैगरी कम्पनीले आफ्ना ग्राहकहरुको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराईने स्पष्ट पारेको थियो।

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...