जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar | २९ पुष २०८२, मंगलवार
जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

काठमाडौं ।

जर्मन कम्पनी ‘फक्सवागन’ ले सन् २०२५ मा चीनमा दुई लाख ६९ हजार सवारीसाधन बिक्री गरेको छ। यसले कम्पनीको कुल बिक्रीको करिब ३० प्रतिशत हिस्सा चीनले ओगटेको देखाउँछ।

गत वर्ष कम्पनीले दुई लाख ५७ हजार इन्धन चालित सवारीसाधन बेच्यो र नयाँ विद्युतीय तथा स्मार्ट सवारीसाधन पनि बजारमा ल्यायो। यसमा ‘अडी जीरो एल ६ ई–ट्रोन’ र ‘अडी ई ५’ स्पोर्टब्याक समावेश छन्।

फक्सवागनले निर्यात पनि सुरु गरेको छ। पहिलो सवारीसाधन मध्यपूर्वमा पठाइएको थियो । कम्पनीले आगामी दिनमा एसियाली राष्ट्र, मध्यपूर्व, मध्य एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा निर्यात बढाउने योजना बनाएको छ।

सन् २०२६ मा चीनमा २० भन्दा बढी पूर्ण विद्युतीय, प्लग–इन हाइब्रिड र रेंज–एक्सटेन्डेड मोडेलहरू ल्याइनेछन् । यी सवारीसाधन नयाँ ब्याट्री, विद्युतीकरण प्रविधि, स्मार्ट प्रणाली र चालक सहायता प्रविधि सहित उपलब्ध हुनेछन्। रासस/सिन्ह्वा

प्रकाशित: २९ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...