जीमेल अझ बढि स्मार्ट हुँदै: यस्ता छन् नयाँ विशेषता

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
जीमेल अझ बढि स्मार्ट हुँदै:  यस्ता छन् नयाँ विशेषता
फाइल तस्बिर

काठमाडौं ।

गुगलले जीमेलको लागि नयाँ इन्टेलिजेन्ट सुविधाहरू प्रस्तुत गरेको छ।
कम्पनीले आफ्नो इमेल सेवालाई इमेल र दैनिक कार्यहरू व्यवस्थित गर्न पर्सनल एसिस्टेण्ट (व्यक्तिगत सहायक) मा रूपान्तरण गरेको छ।

टेलिग्राफले मुख्य परिवर्तनहरूमा के समावेश छन् भन्ने बारेमा रिपोर्ट गरेको छः

  • एआई–पावर्ड इनबक्सः इमेलहरू अब स्वचालित रूपमा जरुरी कार्यहरू र फलो–अप विषयहरूमा विभाजित हुने भएकाले सबैभन्दा महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न सजिलो हुनेछ।
  • इन्टेलिजेन्ट सर्चः प्रयोगकर्ताहरूले किवर्डहरूबाट मात्र नभइ न्याचुरल ल्याङ्गवेज (प्राकृतिक भाषा) प्रयोग गरेर इमेलहरूमा जानकारी खोज्न सक्ने छन्।
  • राइटिङ्ग एसिस्टेण्टः हेल्प मि राईट, सजेस्टेड रिप्लाइज र प्रूफरीड जस्ता टुलहरूले हिज्जे, शैली र संरचनामा सुधारहरू सुझाव दिँदै सञ्चारलाई सजिलो बनाउनेछ।

यी सबै सुविधाहरू अब सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क उपलब्ध हुनेछन् जभने जीमेलको क्लासिक संस्करण मन पराउनेहरूले आफ्नो मेलको परम्परागत रूप राख्न छनौट गर्न सक्ने छन्।

प्रविधि विज्ञहरूले यो कदमलाई इन्टरनेट प्रयोगकर्ताहरूको दैनिक जीवनमा आर्टिफिसियल इन्टेलिजेन्स एकीकृत गर्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरेका छन्।

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...