अब गुगलको जेमिनीले एप्पलको पुनर्निर्मित एआई–इन्फ्युज्ड सिरीलाई पावर दिने

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
अब गुगलको जेमिनीले एप्पलको पुनर्निर्मित एआई–इन्फ्युज्ड सिरीलाई पावर दिने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले आफ्नो आगामी पुनर्निर्मित सिरीलाई पावर दिनको लागि गुगलको जेमिनीलाई छनोट गरेको छ। यो बहु–वर्षीय साझेदारीमा “भविष्यको एप्पल आधारभूत मोडेलहरूको लागि गुगलको जेमिनी मोडेलहरू र क्लाउड प्रविधिमा निर्भर हुनेछ” भनि सीएनबीसीले गरेको उल्लेख गरेको छ।

“सावधानीपूर्वक गरिएको मूल्याङ्कन पछि, हामीले गुगलको प्रविधिले एप्पल फाउन्डेसन मोडेलहरूको लागि सबैभन्दा सक्षम आधार प्रदान गर्दछ भनेर निर्धारण गर्यौं र हामी हाम्रा प्रयोगकर्ताहरूको लागि अनलक गर्ने नवीन नयाँ अनुभवहरूको बारेमा उत्साहित छौं” एप्पलले बताएको जीएसएमएरिनाले रिपोर्ट गरको छ।

यो खबरले एप्पल र गुगल दुवैको शेयरमा वृद्धि भएको छ। एआई–पावर्ड सिरीको लागि बारम्बार ढिलाइ भएको अवस्थामा गत मार्चमा नयाँ सिरी “आउँदो वर्षमा” बाहिर आउने वाचा गर्दै एप्पलले ढिलाइ स्वीकार गरेको थियो।

अब एप्पलले वाचा गरेको उक्त समयावधि लगभग दुई महिनामा समाप्त हुनेछ। एप्पलले अहिलेसम्म रोलआउटको समयरेखाको बारेमा कुनै आधिकारिक जानकारी साझा गरेको छैन।

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...