
काठमाडौं ।
चीनमा हाल बिल्ट–इन एक्टिभ कूलिङ फ्यानहरू धेरै लोकप्रिय छन् र धेरै निर्माताहरूले यस्तो फ्यान भएको डिभाइसहरू प्रस्तुत गरिरहेका छन्। डिजिटल च्याट स्टेशनले वेइबोमा शाओमीले फ्यान (पंखा) भएको आफ्नै डिभाइसमा काम गरिरहेको खुलासा गरेको छ।
मिडियाटेकको डाइमेन्सिटी ९५०० एसओसीद्वारा संचालित हुने यो डिभाइसमा “१.५के” रिजोल्युसन र “अल्ट्रा–हाई” (यद्यपि थप विस्तृत छैन) रिफ्रेस रेट भएको स्क्रिन हुनेछ। डिभाइसको क्यामरा आइल्याण्डको हिस्साको रुपमा फ्यान (पंखा) रहने छ भने सम्पूर्ण फोन धुलो र पानी प्रतिरोधको लागि आईपी६८ मूल्याङ्कन गरिएको हुनेछ।
फोनमा प्रयोग गरिएको चिपसेटको आधारमा यो ह्यान्डसेट सम्भवतः आगामी रेडमी के९० अल्ट्रा हुने सम्भावना रहेको छ (अघिल्लो के–सिरिजका अल्ट्राहरूमा सबै नयाँ मिडियाटेक समावेश गरेका थिए)। रेडमी के९० अल्ट्रामा पहिलेको हल्ला अनुसार १६५हर्ज रिफ्रेस रेट भएको ६.८ इन्चको एलटीपीएस ओएलईडी डिस्प्ले, गोलाकार कुनाहरू, मेटल फ्रेम, अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर र कम्तिमा ८,००० एमएएचको ब्याट्री हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ पुष २०८२, सोमबार