क्वालकमले आफ्नो २एनएम चिप उत्पादनको लागि सामसङसँग वार्ता गर्दै

  • Technology Khabar | २८ पुष २०८२, सोमबार
क्वालकमले आफ्नो २एनएम चिप उत्पादनको लागि सामसङसँग वार्ता गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

क्वालकमकाले आफ्नो २एनएम चिप उत्पादन गर्न सामसङसँग वार्ता गरिरहेको बारेमा कम्पनीका सीईओ क्रिस्टियानो आमोनले केही टिप्पणी गरेका छन्। यद्यपि सामसङले भने यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

सामसङको फाउन्ड्रीले त्यति राम्रो काम नगरेको अवस्थामा क्वालकमकाले आफ्नो २एनएम चिप उत्पादन गर्न सामसङसँग वार्ता गरिरहेको कुरा निकै रोचक मोड भएको उल्लेख गरिएको छ। सामसङले अन्तिम पटक २०२२ मा क्वालकम–डिजाइन गरिएको चिपहरू उत्पादन गरेको थियो। उक्त समयमा पहिलो स्न्यापड्रागन ८ जेन १ बाहिर आएको थियो। तर थर्मल समस्याहरूको लागि चिपको धेरै आलोचना भएको थियो। कोरियाली टेक जायन्टको फाउन्ड्रीले उपजको सन्दर्भमा क्वालकमको आवश्यकताहरू पूरा नगरेको हुनाले अमेरिकी चिप डिजाइनरले टीएसएमसी चयन गरेको थियो।

अब, क्वालकमको २एनएम चिप निर्माणको लागि क्वालकम आफैंले सामसङसँग वार्ता सुरु गरेको छ। वास्तवमा, क्वालकमले चिप डिजाइनको काम सकिसकेको र कम्पनी उत्पादन सुरु गर्न तयार रहेको यो विषयमा जानकार व्यक्तिहरूले सुझाव दिएका छन्।

सामसङको चिप डिभिजनको प्रमुखलाई सामसङको फाउन्ड्री व्यवसायलाई फेरि नाफामुखी बनाउने कठिन कामको जिम्मा दिइएको छ र केही ग्राहकहरूसँग हालैको आपूर्ति सम्झौताहरूले दृष्टिकोणमा सुधार ल्याएको बताइएको छ। हालसालै, टेस्लाले एआई एप्लिकेसनरूको लागि हाई–इण्ड चिपहरूको उत्पादनको लागि सामसङसँग सम्झौता गरेको छ।

स्न्यापड्रागन ८ एलिट जेन ६ चिपहरूको उत्पादनको लागि सामसङ जिम्मेवार हुनेछ वा दुई कम्पनीहरू बीच अरू केही कुरा छ भन्ने बारेमा अझै स्पष्टता नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...