आईफोन एयर २ सुधार गरिएको ब्याट्री लाइफ र क्यामरासहित आउन सक्ने

  • Technology Khabar | २७ पुष २०८२, आईतवार
आईफोन एयर २ सुधार गरिएको ब्याट्री लाइफ र क्यामरासहित आउन सक्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

डिजाइन सीमितताहरूलाई ध्यानमा राख्दै आईफोन एयरले उपभोक्ताहरूलाई भरपर्दो ब्याट्री लाइफले चकित पारे पनि फोनको बारेमा प्रयोगकर्ताहरूको मुख्य चिन्ताहरू मध्ये एक भनेको डिभाइसको इनड्यूरेन्स (सहनशीलता) रहेको छ। साथै उपभोक्ताहरूको लागि अर्को ठूलो समस्या भनेको डिभाइसमा उपलब्ध सिङ्गल–क्यामरा सेटअप रहेको छ।

एप्पलले अब अर्को पुस्ताको आईफोन एयरमा ती दुई समस्याहरूलाई सम्बोधन गर्न दृढ देखिएको पछिल्लो रिपोर्टले उल्लेख गरेको छ।

गत वर्षको डिसेम्बरको अन्त्यमा बाहिरिएको एउटा रिपोर्टले आईफोन एयरमा दोस्रो क्यामराको रुपमा सम्भवतः अल्ट्रावाइड एकाइ हुने सुझाव दिएको थियो।

अब द इलेकबाट आएको हल्लाले ब्याट्री लाइफ सुधारको बारेमा थप चर्चा गर्दछ। यो विषयमा परिचित व्यक्तिहरूले आईफोन एयर २ ले सम्भवतः यही वर्षको आईफोन फोल्डसँग डेब्यू हुने नयाँ सीओई डिस्प्ले प्रविधि प्रयोग गर्ने बताएका छन्।

सीओई प्रविधिले डिस्प्ले प्याकेजलाई पातलो बनाउँछ र सूर्यको प्रकाशमा स्पष्ट रुपमा पढ्न सकिने क्षमताको सुधार गर्दै परिणाम स्वरुप उज्यालो वातावरणमा पावर ड्र (ब्याट्री खपत) कम गर्नेछ। समान स्तरको क्षमता प्राप्त गर्न डिस्प्लेले आफ्नो चमक बढाउनु नपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

पातलो डिस्प्लेको कारण अब ब्याट्रीको लागि बढी ठाउँ उपलबध हुन सक्छ भनी थप उल्लेख गरिएको छ। साथै एप्पलले ठूलो ब्याट्रीको लागि अतिरिक्त खाली ठाउँ प्रयोग गर्न सक्ने रिपोर्ट गरिएको छ।

गत वर्षको आईफोन एयरको कमजोर लन्चलाई ध्यानमा राख्दै एप्पलले निश्चित रूपमा केही गल्तीहरूलाई सम्बोधन गर्नको लागि प्रयास गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार