अनरले २०२५ मा ७ करोडभन्दा बढी स्मार्टफोनहरू बिक्री गर्यो

  • Technology Khabar | २६ पुष २०८२, शनिबार
अनरले २०२५ मा ७ करोडभन्दा बढी स्मार्टफोनहरू बिक्री गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

अनरले २०२५ मा कीर्तिमानी ७ करोड १० लाख स्मार्टफोनहरू ढुवानी गरेको थियो। ढुवानी गरिएको उक्र स्मार्टफोनहरू मध्ये १ करोड फ्ल्यागशिप डिभाइसहरू थिए।

अनरको चीन बाहिरको वृद्धि अझ उल्लेखनीय कुरा भएको र ब्रान्डले आफ्नो स्मार्टफोन बिक्रीको ५० प्रतिशत विदेशी बजारहरूबाट आएको रिपोर्ट गरेको छ। म्याजिक७ सिरिज ब्रान्डको लागि एक प्रमुख वृद्धिको कारण भएको उल्लेख गरिएको छ।

अनरले २०२४ देखि ढुवानीको सन्दर्भमा ५० प्रतिशत वार्षिक रुपमा वृद्धिको साथ आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ। ब्रान्डले अब ल्याटिन अमेरिका, मध्य पूर्व र अफ्रिका सहित १७ बजारहरूमा १० प्रतिशत वा बढी बजार हिस्सा ओगटेको पुष्टि गरेको छ।

अनरले मलेसियामा बजार आफूलाई नेताको रूपमा पनि स्थापित गर्दै कम्पनीले स्मार्टफोनको लागि १८ प्रतिशत भन्दा बढी र ट्याब्लेटको लागि ३० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ।

आगामी दिनमा, ब्रान्डले एआई र आफ्नो अनर अल्फा रणनीतिमा ठूलो दांव लगाइरहेको र आगामी पाँच वर्षमा एआई उत्पादनहरूमा १० बिलियन अमेरिकी डलर भन्दा बढी लगानी गर्नेछ। उक्त लगानीको केन्द्रमा स्मार्टफोनहरूसँगै एआई–उन्नत पीसी, ट्याब्लेट र वेयरेबल्स समावेश हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार