मंसिरसम्म डेढ करोड हाराहारीको एटीएम मेशिन आयात

  • Technology Khabar | २७ पुष २०८२, आईतवार
मंसिरसम्म डेढ करोड हाराहारीको एटीएम मेशिन आयात
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा एटीएम मेशिनको आयात बढ्दो मात्रामा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा १५३ थान एटीएम मेशिन आयात भएको छ।

उक्त अवधिसम्म आयात भएको १५३ थान एटीएम मेशिनका लागि देशबाट १ करोड ३८ लाख ८९ हजार रुपैयाँ बाहिरिएको छ।

सरकारले उक्त परिमाणको एटीएम मेशिन आयातबाट यो अवधिमा ४१ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित नाम नखुलेको एक ठाउँबाट एटीएम मेशिन आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी भारतबाट १ करोड २९ लाख ६३ हजार बराबरको १४४ थान तथा चीनबाट १५ हजार बराबरको २ थान एटीएम मेशिन आयात भएको छ।

यस्तै कतारबाट १ हजार बराबरको ५ थान, यूएईबाट मूल्य उल्लेख नभएको १ थान र संयुक्त राज्य अमेरिकाबाट ९ लाख ११ हजार बराबरको एक थान एटीएम मेशिन नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ।

क्र संदेशविवरणरकम
चीन१५
भारत१४४१२९६३
कतार
यूएई
अमेरिका९११

प्रकाशित: २७ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...