ताजा समाचार

गुगलले जीमेलमा केही जेमिनी ३ एआई ट्रिकहरू निःशुल्क उपलब्ध गरायो

गुगलले जीमेलमा केही जेमिनी ३ एआई ट्रिकहरू निःशुल्क उपलब्ध गरायो
फोटो सौजन्यः जीएसएमएरिना
Global IME Bank

गुगलले जेमिनी ३–आधारित एआई उपकरणहरू जीमेलमा निःशुल्क उपलब्ध गराएको छ। एआई सदस्यता (गुगल एआई प्लस वा अल्ट्रा) भएका प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध हुँदै आएको स्मार्ट रिप्लाइज र हेल्प मी राइट जस्ता एआई ओभरभ्यूज र उपकरणहरू अब उपलब्ध नहुने भएका छन्।

एआई इनबक्सले तपाईंको इनबक्समा रहेको अव्यवस्थालाई फिल्टर गर्दछ र तपाईंलाई क्विक (द्रुत) हाइलाइटहरू सहितको ब्रीफिंग प्रदान गर्दछ। साथै एआई इनबक्सले सबै लामो इमेलहरूको रिप्लाइलाई पनि सारांशित गर्दछ र यो निकै धेरै उपयोगी भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

हेल्प मी राइटमा प्रयोगकर्ताले लेख्न चाहेको प्रम्प्ट जेमिनीलाई दिन सक्ने छन् र प्रयोगकर्ताले उत्पन्न सन्देशहरूको विशिष्ट भागहरू पनि परिष्कृत गर्न सक्नेछन्। सुझाव गरिएका रिप्लाइहरू पनि स्व–व्याख्यात्मक छन् र तिनीहरू स्मार्ट रिप्लाइजको अपडेटक हुन्। जेमिनीले तपाईंको कुराकानीको सन्दर्भलाई ध्यानमा राख्नेछ र सुझाव गरिएको रिप्लाइमा तपाईंको लेखन स्वरसँग पनि मेल खानेछ।

यी सुविधाहरू अमेरिकादेखि अंग्रेजी भाषामा जीमेल प्रयोगकर्ताहरूका लागि रोल आउट हुनेछन् भने आगामी महिनाहरूमा थप क्षेत्रहरू र थप भाषाहरूमा रोल आउट हुनेछन्।

Sajilo Visa
easy care