रेनीओ एयर ४ प्रो एआर ग्लासेस विश्वव्यापी रूपमा उपलब्ध एचडीआर१० समर्थन गर्ने

  • Technology Khabar | २६ पुष २०८२, शनिबार
रेनीओ एयर ४ प्रो एआर ग्लासेस विश्वव्यापी रूपमा उपलब्ध एचडीआर१० समर्थन गर्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गत वर्ष चीनमा अनावरण गरिएको रेनीओ एयर ४ प्रो एआर ग्लासेसले अब सीईएस २०२६ मा विश्वव्यापी रूपमा डेब्यू गरेको छ। टीसीएल–समर्थित ब्रान्डले कार्यक्रममा एयर ४ प्रो र रेनीओ एक्स३ प्रोको ईसिम संस्करण प्रदर्शन गरेको छ।

रेनीओ एयर ४ प्रो एआरलाई विश्वको पहिलो एचडीआर१०–एनेबल्ड एआर ग्लासेसको रूपमा प्रचार गरिएको छ। ग्लासेसमा १२०हर्ज सम्मको रिफ्रेस रेट, ३,८४०हर्ज पीडब्ल्यूएम हाइब्रिड डिमिङ र १,२०० निट्स ब्राइटनेस सहितको ०.६–इन्च माइक्रो–ओएलईडी डिस्प्लेहरू समावेश गरिएको छ।

एयर ४ प्रोले १०–स्तरको ब्राइटनेस समायोजन र २००,०००ः१ कन्ट्रास्ट रेसियोको साथ ६ मिटरको दूरीमा २०१–इन्च भर्चुअल स्क्रिन प्रदान गर्दछ।

यो कस्टम–मेड पिक्सेलवक्र्स भिजन ४००० प्रोसेसरले सुसज्जित एयर ४ प्रोले एसडीआर देखि एचडीआरअपस्केलिङङा साथै टुडी देखि थ्रीडी रूपान्तरणमा मद्दत गर्दछ।

ग्लासेसमा ब्याङ्ग र ओलुफसेनद्वारा ट्युन गरिएको चार–स्पीकर सेटअप उपलब्ध छ। एयर ४ प्रोको तौल ७६ ग्राम रहेको छ भने यो समायोजन गर्न सकिने नोज प्याड र हल्का तौलको फ्रेमको साथ आउँछ।

यो एयर ४ प्रो डिस्प्ले आउटपुट प्रदान गर्ने यूएसबी–सी डिभाइससँग उपयुक्त हुने बताइएको छ।

एयर ४ प्रो सँगसँगै, रेनीओले ईसिम समर्थनको साथ आउने एक्स३ प्रो प्रोजेक्ट ईसिम ग्लासेस पनि प्रदर्शन गरेको छ। टीसीएलले ईसिम (फोरजी) जडानको कारण एक्स३ प्रो प्रयोग गर्न सकिन्छ बताएको छ।

रेनीओ एयर ४ प्रो एआर ग्लासेस जनवरी २५ देखि २९९ अमेरिकी डलरको मूल्यमा खरिदको लागि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार