
काठमाडौं ।
काठमाडौं । प्रदेश २ को बारा र पर्सामा आँधीहुरी र वर्षातबाट भएको प्राकृतिक बिपत्तिमा परेका पीडित १०० घर धुरीलाई क्यान महासंघले चैत २३ गते १०० वटा सोलार बत्ती सहयोग गरेको छ ।
क्यान महासंघले, सहयोगको लागी कोष स्थापना गरी सहयोग गरेको हो । सो कोषमा क्यान महासंघको प्रदेश समिति, जिल्ला शाखा,संस्थागत सदस्यहरु, ब्यक्तिगत सदस्यहरु, बिषयगत सदस्यहरु, केन्द्रिय समितिका सदस्यहरु, क्यान महासंघका कर्मचारीहरु लगायतले सहयोग गरेको क्यान महासंघले जानकारी दिएको छ ।
प्राकृतिक बिपत्तिबाट ठूलो जनधनको क्षति भएको प्रति कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) दुःख व्यक्त गरेको छ ।
प्रकाशित: २५ चैत्र २०७५, सोमबार