चीनको ऊर्जा क्षेत्रमा वृद्धि, सौर्य ऊर्जामा मुख्य योगदान

  • Technology Khabar | १२ पुष २०८२, शनिबार
चीनको ऊर्जा क्षेत्रमा वृद्धि, सौर्य ऊर्जामा मुख्य योगदान

काठमाडौं ।

चीनको विद्युत् उत्पादन क्षमता नोभेम्बर महिनासम्म तीन अर्ब ७९ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले बढी हो। राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार, यस वृद्धिमा सौर्य ऊर्जाले सबैभन्दा ठूलो योगदान पुर्याएको छ।

सौर्य ऊर्जाको क्षमता ४१.९ प्रतिशत बढेर एक अर्ब १६ करोड किलोवाट पुगेको छ भने हावाबाट उत्पादन ऊर्जाको क्षमता २२.४ प्रतिशतले वृद्धि भएर ६० करोड किलोवाटमा पुगेको छ।

चीनले विश्वकै सबैभन्दा ठूलो हरित ऊर्जा प्रणाली र कार्बन कारोबार बजार स्थापना गरेको छ। १४औँ पंचवर्षीय योजना (सन् २०२१–२०२५) अवधिमा, हरित ऊर्जाले चीनको कुल विद्युत् खपतको एक तिहाइ भाग पुर्याएको छ।

देशले आगामी पाँच वर्षमा हरित रूपान्तरणलाई तीव्र बनाउने र ‘सुन्दर चीन’ निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। नोभेम्बरमा अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले वृद्धि भएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १२ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार