छुट्टीको मौसममा च्याटजीपीटीले उपहारहरू बाँड्दै

  • Technology Khabar | ११ पुष २०८२, शुक्रबार
छुट्टीको मौसममा च्याटजीपीटीले उपहारहरू बाँड्दै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

च्याटजीपीटीमा एउटा रोचक नयाँ सुविधा प्रस्तुत गरिएको छ। अब केवल एउटा सन्देश पठाएर उक्त सुविधा सजिलै सक्रिय गर्न सकिने छ।

यो छुट्टीको मौसममा सबैले उपहारहरू बाँडी रहेका छन् र च्याटजीपीटीले भर्चुअल रुपमा भए पनि त्यस्तै गर्ने निर्णय गरेको छ।

नयाँ सुविधामार्फत नयाँ कन्भर्सेसन खोलेर उपहार इमोजी पठाउन सकिने छ। साथै च्याटजीपीटीले ग्यालरीबाट सेल्फी अपलोड गर्ने वा नयाँ सेल्फी लिने विकल्प दिनेछ।

त्यसपछि, केही मिनेट पर्खिएर सोरा कार्यक्रम मार्फत सिर्जना गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भएको छोटो भिडियो प्राप्त गरिने छ। उक्त भिडियोमा उत्सवको वातावरणमा सान्ता क्लज आएर उपहार दिनेछन्।

सम्पूर्ण प्रक्रियामा ५ मिनेट भन्दा कम समय लाग्ने र यो रमाइलो हुनुका साथै मुख्य तस्बिर लेखकको च्याटजीपीटी सँगको अन्तरक्रियाको भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • ११ पुष २०८२, शुक्रबार