“कल अफ ड्युटी” भिडियो गेमका निर्माता भिन्स जाम्पेलाको क्यालिफोर्निया दुर्घटनामा मृत्यु – घातक क्षणको फुटेज जारी

  • Technology Khabar | ९ पुष २०८२, बुधबार
“कल अफ ड्युटी” भिडियो गेमका निर्माता भिन्स जाम्पेलाको क्यालिफोर्निया दुर्घटनामा मृत्यु – घातक क्षणको फुटेज जारी
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

अत्यन्त लोकप्रिय कल अफ ड्युटी भिडियो गेम सिरिजका सह–निर्माणकर्ता भिन्स जाम्पेलाको क्यालिफोर्नियामा कार दुर्घटनामा ५५ वर्षको उमेरमा मृत्यु भएको छ।

जाम्पेलाको मृत्युको पुष्टि इलेक्ट्रोनिक आट्र्सले गरेको हो। उनले सह–स्थापना गरेको गेम स्टुडियो रेस्पोन इन्टरटेनमेन्ट इलेक्ट्रोनिक आट्र्सको स्वामित्वमा रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रभावशाली भिडियो गेम विकासकर्ता आइतबार लस एन्जलस फ्रीवेमा अर्को व्यक्तिसँग यात्रा गरिरहेको फरारी दुर्घटनाग्रस्त भएको र आगो लागेको रिपोर्ट गरिएको छ।

“यो अकल्पनीय क्षति हो र हाम्रो हृदय भिन्सको परिवार, उनका प्रियजनहरू र उनको कामबाट प्रभावित सबैको साथ छ” इलेक्ट्रोनिक आट्र्सका प्रवक्ताले बीबीसीलाई भने।

गाडीको यात्रु सिटमा रहेको व्यक्तिलाई बाहिर निकालिएको थियो भने चालक गाडी भित्र फसेको अधिकारीहरूले बताएका छन्। जाम्पेलाले कार चलाइरहेका थिए वा भित्र रहेको अर्को व्यक्ति को थियो भन्ने कुरा स्पष्ट नभएको बताइएको छ।

गाडी भित्र रहेका दुवै जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।

“अज्ञात कारणले गर्दा गाडी सडकबाट बाहिरिएको र कंक्रीटको ब्यारियरमा ठोक्किएर पूर्ण रूपमा आगो लागेको” क्यालिफोर्निया प्रहरीले बीबीसीलाई दिएको एक विज्ञप्तिमा भनिएको छ।

जाम्पेलाले आफ्ना प्रारम्भिक सहयोगीहरू जेसन वेस्ट र ग्रान्ट कोलियरसँग मिलेर २००३ मा कल अफ ड्युटी सिर्जना गरेका थिए।

दोस्रो विश्वयुद्धका घटनाहरूबाट आंशिक रूपमा प्रेरित यो खेलले ५० करोड भन्दा बढी प्रतिहरू बिक्री गर्दै खेलको मालिक एक्टिभिजनलाई सबैभन्दा नाफा कमाउने गेमिङ कम्पनीहरू मध्ये एक बनाउन सफल भएको छ।

कल अफ ड्युटी फ्रान्चाइजीको साथै मेडल अफ अनर, टाइटनफल र एपेक्स लेजेन्ड्स लगायत अन्य अत्यधिक लोकप्रिय खेलहरूको पछाडि उनको हात भएको बताइएको छ।

“उनी साँच्चै खेलाडीको अनुभवको ख्याल गर्थे, उनी खेलहरू बनाउने ख्याल गर्थे, मानिसहरूले खेल्दा कस्तो महसुस गर्छन् भन्ने कुराको ख्याल गर्थे र तपाईंले उनीसँग कुरा गर्दा हरेक पटक यो कुरा स्पष्ट हुन्थ्यो,” गार्जियनका भिडियो गेम सम्पादक केजा म्याकडोनाल्डले बीबीसी न्यूजआवरलाई भने।

कल अफ ड्युटी खेलहरू प्रकाशित गर्ने एक्टिभिजनले २०१० मा जाम्पेला र वेस्टलाई कम्पनीबाट निकालेको थियो र पछि यो जोडी कम्पनीसँग लामो समयदेखि चलिरहेको विवादमा संलग्न हुँदै २०१२ मा अदालत बाहिर उनीहरूले उक्त समाधान गरेका थिए।

इलेक्ट्रोनिक आट्र्समा जाम्पेलाले ब्याटलफिल्ड ६ मा काम गरेका थिए। ब्याटलफिल्ड ६ लाई कल अफ ड्युटीको प्रत्यक्ष प्रतिस्पर्धीको रूपमा हेरिन्छ।

जाम्पेला “हाम्रो इतिहासमा सधैं विशेष स्थान रहने छन्” कल अफ ड्युटी विकास गर्ने अमेरिकी कम्पनी इन्फिनिटी वार्डले बताएको छ।

“प्रतिष्ठित र स्थायी मनोरञ्जन सिर्जना गर्ने तपाईंको विरासत अतुलनीय छ” कम्पनीले एक्सको एक विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: ९ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...