दृष्टिबिहीनलाई आधारभूत कम्प्युटर तालिम

  • Technology Khabar | ७ पुष २०८२, सोमबार
दृष्टिबिहीनलाई आधारभूत कम्प्युटर तालिम
सांकेतिक तस्बिर

काठमाडौं ।

नेत्रहीन सङ्घ ताप्लेजुङले दृष्टिबिहीनलाई प्रविधिमा दक्ष बनाउन फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको छ।

दृष्टिविहीनलाई कम्प्युटर शिक्षा प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सङ्घका अध्यक्ष नरसिंह लिम्बूले बताउनुभयो । तालिममा १० दृष्टिविहीन सहभागी छन्। तालिमको सहजीकरण प्रशिक्षक सुजता लिम्बूले गर्दै आएकी छन्।

सङ्घका अध्यक्ष लिम्बूका अनुसार, उक्त तालिम आगामी माघ २० गतेसम्म सञ्चालन हुनेछ । तालिमपछि दृष्टिविहीनलाई आधुनिक प्रविधिको पहुँच र प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रासस

प्रकाशित: ७ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Music industry launches AI-generated content labels

  • Technology Khabar
  • ७ पुष २०८२, सोमबार