Technology Khabar ६ पुष २०८२, आईतवार
काठमाडौं ।
आईफोन, ल्यापटपलगायतका ५ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीका सामानहरू सहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ।
पक्राऊ पर्नेमा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका ४ घर भई जिल्ला काठमाडौं, धापासी बस्ने वर्ष २४ को झलक मगर र सोही ठेगानामा घर भई जिल्ला भक्तपुर, कौशलटार बस्ने वर्ष २७ को टिका बहादुर थापा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिए।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गत पौष ३ गते दिउँसो साढे १ बजे काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट भन्सार छलीको सामानहरू सहित नियन्त्रणमा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाएको हो।
उनीहरुको साथबाट निम्न सामान बरामद भएको प्रहरीले जनाएको छ:
१. सेतो रङको आईफोन १३ प्रो म्याक्स १ थान (अ. मूल्य रु.२,०८,९९०/-)
२. सुन्तला रङको आईफोन १७ प्रो म्याक्स १ थान (अ. मूल्य रु. २,३९,९९९/-)
३. डेल कम्पनीको सेतो रङ्गको ल्यापटप १ थान (अ. मूल्य रु. ६२,०००।-)
(जम्मा अ. मूल्य रु. ५,१०,९८९/- (अक्षरेपि पाँच लाख दस हजार नौ सय उनासी रुपैयाँ)
प्रकाशित: ६ पुष २०८२, आईतवार