Technology Khabar ६ पुष २०८२, आईतवार
काठमाडौं ।
नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम चालु आर्थिक वर्षको चौथो महिना कार्तिकमा उल्लेख्य रुपमा घटेको छ भने कारोबार सङ्ख्या बढेको छ। यसअघि असोज महिनामा भने कारोबार रकम बढेको र सङ्ख्या घटेको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ कार्तिकसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम घटेको तथा सङ्ख्यामा बढोत्तरी देखिएको हो।
भदौबाट असोजमा जाँदा डिजिटल वालेट मार्फत हुने कारोबार ३ अर्ब ६१ करोड ५० लाख रुपैयाँले बढेर समग्र कारोबार रकम ४६ अर्ब ९५ करोड ४० लाखमा पुगेको थियो। असोजबाट कार्तिक मसान्तसम्म आइपुग्दाको एक महिनामा भने कारोबार रकम ३ अर्ब १३ करोड ९० लाखले बढेर समग्रमा ४३ अर्ब ८१ करोड ६० लाखमा आइपुगेको छ।
यसैगरी कारोबार सङ्ख्या पनि भदौबाट असोज मसान्तसम्म आइपुग्दा ६ लाख ६१ हजार ७८८ ले घटेर समग्रमा ३ करोड ७२ लाख ४० हजार ४४७ मा आइपुगेको थियो।
असोजबाट कार्तिक मसान्तसम्म आइपुग्दा भने यो प्रवृत्ति उल्टिएको छ। यो अवधिमा डिजिटल वालेट मार्फत हुने कारोबार सङ्ख्या ६ लाख १२ हजार ९१ ले बढेर समग्रमा ३ करोड ७८ लाख ५२ हजार ५३८ मा आइपुगेको विवरणमा उल्लेख छ।
प्रकाशित: ६ पुष २०८२, आईतवार