Technology Khabar ७ पुष २०८२, सोमबार
काठमाडौं ।
अब च्याटजीपीटी प्रयोगकर्ताले च्याटबोटको उत्साह, न्यानोपन र इमोजी प्रयोगको स्तर प्रत्यक्ष रूपमा समायोजन गर्न सक्ने भएका छन्। ओपनएआईले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै च्याटजीपीटीको टोन र प्रस्तुति शैलीलाई थप अनुकूलन गर्न सकिने नयाँ विकल्प उपलब्ध गराएको जनाएको छ।
यी विकल्पहरू अब पर्सनलाइजेशन मेनुमा देखिन्छन्, जहाँ प्रयोगकर्ताले च्याटजीपीटीको न्यानोपन, उत्साह र इमोजी प्रयोगलाई मोर, लेस वा डिफल्टमध्ये रोज्न सक्छन्। यससँगै हेडिङ र सूची प्रयोगसम्बन्धी सेटिङ पनि समायोजन गर्न सकिने भएको रोयटर्सले उल्लेख गरेको छ।
यो सुविधा यसअघि नै उपलब्ध “बेस स्टाइल टोन” सेटिङको थप विस्तार हो। ओपनएआईले गत नोभेम्बरमा प्रोफेशनल, क्याण्डिड र क्वर्कीजस्ता टोन विकल्प थप गरेको थियो। च्याटजीपीटीको टोन यस वर्षभरि नै चर्चाको विषय बनेको छ। अत्यधिक प्रयोगकर्तामैत्री र प्रशंसात्मक भएको भन्दै एउटा अपडेट फिर्ता लिइएको थियो भने पछि केही प्रयोगकर्ताले जीपीटी-५ अव्यवहारिक र कम मैत्रीपूर्ण भएको गुनासो गरेपछि मोडेललाई “थप न्यानो र मैत्रीपूर्ण” बनाइएपछि पुनः समायोजन गरिएको थियो।
यता केही शैक्षिक विज्ञ र एआई समालोचकहरूले भने च्याटबोटले प्रयोगकर्ताको विचारलाई अत्यधिक समर्थन गर्ने र प्रशंसा गर्ने प्रवृत्तिलाई ‘डार्क प्याटर्न’ को रूपमा व्याख्या गर्दै आएका छन्। यस्तो व्यवहारले लत लाग्ने प्रयोग बानी विकास गराउन सक्ने र प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने उनीहरूको तर्क छ।
प्रकाशित: ७ पुष २०८२, सोमबार