सुरुवाती तीन त्रैमासमा ह्वावे बन्यो शीर्ष स्मार्टवाच निर्माता, शाओमी सबैभन्दा छिटो वृद्धि गर्ने कम्पनीः आईडीसी

Technology Khabar ४ पुष २०८२, शुक्रबार

सुरुवाती तीन त्रैमासमा ह्वावे बन्यो शीर्ष स्मार्टवाच निर्माता, शाओमी सबैभन्दा छिटो वृद्धि गर्ने कम्पनीः आईडीसी
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

स्मार्टवाचहरू र सरल फिटनेस ट्र्याकरहरूसहितको नाडीमा लगाउने स्मार्ट डिभाइसहरूको विश्वव्यापी बजारमा यो वर्षको पहिलो तीन त्रैमासिकमा १५ करोड भन्दा बढी युनिट ढुवानी गरिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत वृद्धि भएको आईडीसीले रिपोर्ट गरेको छ।

तीमध्ये स्मार्टवाचहरूको लगभग १२ करोड युनिट ढुवानी गरिएको र वार्षिक रुपमा ७.३ प्रतिशतले वृद्धि भएको छ। सरल र किफायती फिटनेस ट्र्याकरहरूको मागमा ठूलो वृद्धि देखिएको र वार्षिक रुपमा २१.३ प्रतिशतले वृद्धि भएको छ भने कुल ३२.८६ मिलियन युनिट ढुवानी गरिएको छ।

यी ९ महिनामा ह्वावेले स्मार्ट डिभाइसहरूको विश्वव्यापी बजारमा पहिलो स्थान ओगटेको र विश्वव्यापी नेता बन्न सफल भएको थियो। ह्वावे वाच जीटी ६ र वाच जीटी ६ प्रोले ढुवानी बढाउन मद्दत गरेको थियो। साथै ह्वावेको कुल २८.६ मिलियन युनिट विश्वव्यापी रूपमा ढुवानी गरिएको र ती मध्ये धेरैजसो ढुवानी (२०.८ मिलियन) चीन ढुवानी गरिएको थियो। ह्वावेले आफ्नो विदेश उपस्थिति पनि विस्तार गर्ने काम गरिरहेको आईडीसीले बताएको छ।

शाओमीले दोस्रो स्थान ओगटेको र शीर्ष ५ मध्ये सबैभन्दा छिटो वृद्धि गर्ने निर्माता बनेको थियो। कम्पनीले शाओमी स्मार्ट ब्यान्ड १० र विभिन्न रेडमी वाच (घडी) हरू जस्ता किफायती मोडेलहरूको लागि बलियो मागको साथ २७.९ मिलियन युनिटहरू ढुवानी गरेको थियो। शाओमी चीनमा अवश्य पनि बलियो अवस्थामा हुनुका साथै दक्षिणपूर्व एशिया र दक्षिण अमेरिकामा पनि उल्लेखनीय उपस्थिति बनाउन सफल भएको थियो।

विश्वव्यापी रूपमा तेस्रो र चीनमा चौथो स्थानमा रहेको एप्पलले मिड–रेञ्जदेखि हाई–इण्ड मोडेलहरू मात्र प्रदान गर्दछ। यो वर्ष कम्पनीको ध्यान फाइभजी र स्याटेलाइट म्यासेजिङ जस्ता कनेक्टिभिटी सुविधाहरूलाई अगाडि बढाउनमा केन्द्रित थियो।

यस्तो उन्नत कनेक्टिभिटी, एआई एप्लिकेसन्स र अझ परिष्कृत हेल्थ–ट्र्याकिङ सुविधाहरूको समावेश अर्को वर्षको लागि वृद्धिको प्रमुख चालक हुने आईडीसीले बताएको छ। साथै यो केवल एप्पलको लागि नभइ सबै कम्पनीहरूको लागि भएको थप उल्लेख गरिएको छ।

विश्वव्यापी रूपमा चौथो स्थानमा ओगटेको सामसङ वर्षको पहिलो ६ महिनामा गिरावटमा रहेको र ग्यालेक्सी वाच८ र ग्यालेक्सी वाच८ क्लासिक (तेस्रो त्रैमासिकमा) आएपछि कम्पनीलाई पहिलो तीन त्रैमासिकमा वार्षिक रुपमा उच्च संख्यामा पुर्याएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया