
काठमाडौं ।
ओप्पोले चीनमा रेनो १५सी अनावरण गरेको छ। यो फोन मूल रूपमा नोभेम्बरमा रेनो १५ र रेनो १५ प्रो लन्चको समयमा टिज गरिएको थियो।
ओप्पो रेनो १५सी स्न्यापड्रागन ७ जेन ४ एसओसीको साथ १२जीबी सम्म एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी यूएफएस ३.१ स्टोरेज समावेश गरिएको छ।
यो फोनमा रहेको फ्ल्याट ६.५९–इन्च एएमओएलईडी डिस्प्लेले १२०हर्जको रिफ्रेस रेट र २७६०×१२५६ पिक्सेलको रिजोल्युसन प्रदान गर्दछ। साथै प्यानललाई १,२०० निट्सको अधिकतम चमक प्रदान गर्न मूल्याङ्कन गरिएको छ भने फोनमा इन–डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ।
रेनो १५सी को पछाडिको ट्रिपल क्यामरा सेटअपमा ५०मेगापिक्सेल सोनी एलवाईटी –६०० मुख्य वाइड सेन्सर, ५०मेगापिक्सेल सामसङ जेएन५ पेरिस्कोप टेलिफोटो युनिट र ८मेगापिक्सेल सोनी आईएमएक्स३५५ अल्ट्रावाइड क्यामरा समावेश गरिएको छ। सेल्फीका लागि, फोनले अर्को ५०मेगापिक्सेल सेन्सर प्रदान गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
यो ह्यान्डसेटमा ८०वाट सम्मको द्रुत चार्जिङलाई समर्थन गर्ने ६,५००एमएएच ब्याट्री समावेश गरिएको छ। फोनको तौल १९७ ग्राम र ७.८९ एमएम पातलो रहेको छ। यो एन्ड्रोइड १६–आधारित कलरओएस १६ मा चल्ने र डिभाइसमा केही एआई सुविधाहरू उपलब्ध रहेका छन्।
फोनका अन्य विशेषताहरूमा डुअल–ब्यान्ड वाईफाई ६, एनएफसी, ब्लुटुथ ५.४, आईआर ब्लास्टर, स्टेरियो स्पिकरहरूको साथमा पानी र धुलो प्रतिरोधको लागि आईपी६९ मूल्याङ्कन समावेश छ।
ओप्पो रेनो १५सी हाल चीनमा प्रि–अर्डरको लागि उपलब्ध छ र डिसेम्बर १९ देखि बिक्रीको लागि उपलब्ध हुनेछ। यो अरोरा ब्लू, कलेज ब्लू र स्टारलाइट बो रङ्गहरूमा बिक्री गरिने छ।
रेनो १५सी को १२जीबी÷२५६जीबी विकल्पको मूल्य २,८९९ चिनियाँ युआन (४१० अमेरिकी डलर) रहेको छ भने १२जीबी/५१२जीबी भेरियन्टको मूल्य ३,१९९ चिनियाँ युआन (४५० अमेरिकी डलर) कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १ पुष २०८२, मंगलवार