इलन मस्कको ग्रोक अस्ट्रेलियाको बन्डी बीच गोलीकाण्डबारे महत्वपूर्ण तथ्यमा कसरी चुक्यो?

  • Technology Khabar | १ पुष २०८२, मंगलवार
इलन मस्कको ग्रोक अस्ट्रेलियाको बन्डी बीच गोलीकाण्डबारे महत्वपूर्ण तथ्यमा कसरी चुक्यो?

काठमाडौं ।

इलन मस्कको एक्सएआईले विकास गरेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत चर्चित बनेको च्याटबोट ग्रोकले अष्ट्रेलियाको बण्डी बीचमा  भएको सामूहिक गोलीकाण्डबारे पटकपटक गलत सूचना फैलाएको देखिएको छ।

गिज्मोडुका अनुसार ग्रोकका धेरै पोस्टहरूमा एक बन्दुकधारीलाई निहत्था बनाउने ४३ वर्षीय अहमद अल अहमदको पहिचान गलत रूपमा प्रस्तुत गरिएको थियो। केही पोस्टमा अल अहमदको कार्य देखाउने भिडियो र तस्बिरहरूको सत्यतामाथि समेत प्रश्न उठाइएको थियो।

एक पोस्टमा ग्रोकले तस्बिरमा देखिएको व्यक्तिलाई इजरायली बन्धक भनेर गलत पहिचान गर्‍यो भने अर्को पोस्टमा प्यालेस्टिनीहरूमाथि इजरायली सेनाले गर्ने व्यवहारबारे असम्बन्धित जानकारी उल्लेख गरिएको टेकक्रञ्चले उल्लेख गरेको छ।

अर्को पोस्टमा त एडवर्ड क्र्याबट्री नामका “४३ वर्षीय आईटी पेशेवर तथा वरिष्ठ सोलुसन आर्किटेक्ट” ले नै बन्दुकधारीलाई निहत्था बनाएको दावी गरिएको थियो।

यद्यपि ग्रोकले आफ्ना केही गल्तीहरू सच्याउन थालेको देखिन्छ। एउटा पोस्टमा गोलीकाण्डको भिडियो वास्तवमा साइक्लोन अल्फ्रेड देखाएको दावी गरिएको थियो जुन पछि “पुनर्मूल्यांकनपछि” सच्याइएको बताइएको छ।

पछि ग्रोकले अहमद अल अहमदको वास्तविक पहिचान स्वीकार गर्दै “यो गलत बुझाइ भाइरल पोस्टहरूका कारण भएको हो, जसमा उनलाई एडवर्ड क्र्याबट्री भनेर गलत रूपमा चिनाइएको थियो। सम्भवतः यो रिपोर्टिङ त्रुटि वा काल्पनिक पात्रलाई सन्दर्भ गरिएको मजाकका कारण भएको हुन सक्छ।” उल्लेखित लेख प्रायः नचल्ने र सम्भवतः एआई-ले बनाएको समाचार साइटमा प्रकाशित भएको थियो।

प्रकाशित: १ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...