अमेजनले २०३० सम्म भारतमा एआई र क्लाउड पूर्वाधारका लागि ३५ अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | २५ मंसिर २०८२, बिहीबार
अमेजनले २०३० सम्म भारतमा एआई र क्लाउड पूर्वाधारका लागि ३५ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

अमेजनले २०३० सम्म भारतमा आफ्नो कारोबार विस्तार गर्न ३५ अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो लगानी कृत्रिम बुद्धिमत्ता क्षमतामा वृद्धि गर्न र निर्यात बढाउन केन्द्रित हुनेछ।

अमेरिकास्थित यो इ-कमर्स कम्पनीले बुधबार यस्तो जानकारी दिएको हो, जसले विश्वका ठूला टेक कम्पनीहरू एशियाको तेस्रो-ठूलो अर्थतन्त्र भारतमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै गएको संकेत गर्छ।

यस वर्ष प्रमुख अमेरिकी टेक कम्पनीहरूले भारतमा ठूलो मात्रामा लगानी गरेका छन्, जसले क्लाउड, एआई र गहिरो प्रविधि विकासका लागि भारत रणनीतिक केन्द्रको रूपमा उभिइरहेको देखाएको छ।

माइक्रोसफ्टले २०३० सम्म भारतमा एआई र क्लाउड पूर्वाधारका लागि १७.५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। यो माइक्रोसफ्टको एशियामा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हो। यसैबीच गुगलले पनि आगामी पाँच वर्षमा एआई डाटा सेन्टर निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

अमेजनले दिएको विवरणअनुसार भारतमा गर्ने यसको नयाँ लगानी “राष्ट्रिय प्राथमिकतासँग मेल खाने” छ र एआई क्षमताको विस्तार, ढुवानी तथा सप्लाई चेन सुधार, साना व्यवसायहरूको विकास र रोजगारी सिर्जनामा केन्द्रित हुनेछ।

रोयटर्सका अनुसार कम्पनीले भारतमा खर्च बढाइरहेको छ ताकि वालमार्ट-समर्थित फ्लिपकार्ट र मुकेश अम्बानीको रिलायन्स इण्डस्ट्रिजसँग प्रतिस्पर्धा गर्न सकियोस्। २०१० देखि अहिलेसम्म अमेजनले भारतमा ४० अर्ब डलर लगानी गरिसकेको छ र २०२३ मा मात्रै २६ अर्ब डलर लगानीको घोषणा गरेको थियो।

अमेजनले २०३० सम्म भारतमा थप १० लाख रोजगारी अवसर सिर्जना गर्ने योजना पनि सार्वजनिक गरेको छ। कम्पनीले भारतका विक्रेताहरूका लागि पछिल्ला दस वर्षमा २० अर्ब डलरभन्दा बढी निर्यात सम्भव गराएको दावी गर्दै २०३० सम्म यसलाई ८० अर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

तीव्ररुपमा बढ्दो इन्टरनेट प्रयोगकर्ता आधारका कारण भारत, विश्वकै सबैभन्दा जनसंख्या भएको देश अम्जनका लागि अत्यन्त महत्वपूर्ण बजार मानिन्छ।

प्रकाशित: २५ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...