सिटिजन्स बैंकद्वारा त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई आर्थिक सहयोग

  • Technology Khabar | १७ चैत्र २०७५, आईतवार
सिटिजन्स बैंकद्वारा त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई पचास हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकद्वारा सो संस्थालाई पचास हजारका चेक हस्तान्तरण गरेको छ । सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, स्वास्थ्य, वातावरण ,यौन, कृषि, पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तत्पर रहेको छ ।

उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण, व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले जानकारी गराए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रकाशित: १७ चैत्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार