Technology Khabar २२ मंसिर २०८२, सोमबार
काठमाडौं ।
बीपलको नामले चिनिने कलाकार माइक विंकेलम्यानको आफ्नो काम रेगुलर एनिमल्सले आर्ट बासेल मियामी बीचमा हलचल मच्चाइरहेका छन्।
नयाँ डिजिटल कला खण्डमा प्रदर्शन गरिएको स्थापनामा टेस्लाका सीईओ इलन मस्क, अमेजनका संस्थापक जेफ बेजोस र मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता प्रविधि दिग्गजहरू जस्तै देखिने हाइपर–रियालिस्टिक टाउकोले सुसज्जित रोबोटिक कुकुरहरू प्रदर्शित गरिएका छन्।
त्यसैगरी पाब्लो पिकासो, एन्डी वारहोल र विंकेलम्यान आफैंको पनि हाइपर–रियालिस्टिक टाउकोले सुसज्जित रोबोटिक कुकुरहरू प्रदर्शनमा समावेश रहेको छन्।
प्रत्येक रोबोटको मूल्य १००,००० अमेरिकी डलर पर्ने र ती सबै प्रिमियरको समयमा बिक्री भइसकेको रिपोर्ट गरिएको छ।
प्रत्येक रोबोटले निरन्तर आफ्नो वरपरको वातावरणको तस्बिर खिच्ने बीपलले बताएका छन्।
“यो आर्टिफिसियल इन्टेलिजेन्स हो। हामी एआई मार्फत संसारलाई बढीभन्दा बढी देख्नेछौं। हामी इलन मस्क र मार्क जुकरबर्ग जस्ता प्रविधि नेताहरू र कलाकारहरूको लेन्सबाट पनि संसारलाई हेरिरहेका छौं, भने सायद अरू कसैभन्दा बढी हामीले देखेको कुरालाई आकार दिन्छन्” बीपलले बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ मंसिर २०८२, सोमबार