नुबिया फ्लिप३ सार्वजनिक; क्ल्यामशेल फोल्डेबलमा डाइमेन्सिटी ७४००एक्स र ४ इन्चको कभर स्क्रिन समावेश

  • Technology Khabar | १८ मंसिर २०८२, बिहीबार
नुबिया फ्लिप३ सार्वजनिक; क्ल्यामशेल फोल्डेबलमा डाइमेन्सिटी ७४००एक्स र ४ इन्चको कभर स्क्रिन समावेश
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

नुबिया फ्लिप३ आधिकारिक रूपमा जापानमा लन्च गरिएको छ। ब्रान्डको पहिलो पुस्तक–शैलीको फोल्डेबल ‘नुबिया फोल्ड’ सँगसँगै नुबिया फ्लिप३ क्ल्यामशेल फोल्डेबल डेब्यू गरिएको छ।

नुबिया फ्लिप३ मा मिडियाटेक डाइमेन्सिटी ७४००एक्स चिपसेटको साथमा ६जीबी र्याम र २५६जीबी आन्तरिक स्टोरेज समावेश गरिएको छ।

नुबिया फ्लिप३ मा फुल–एचडी+ रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेटको साथ ६.९–इन्चको लचिलो भित्री स्क्रिन समावेश गरिएको छ। फोल्डेबलमा ४–इन्चको एएमओएलईडी कभर डिस्प्ले पनि प्रदान गरिएको छ।

फोनले ५० मेगापिक्सेलको प्राथमिक सेन्सर र १२ मेगापिक्सेलको अल्ट्रावाइड युनिटको साथ डुअल–रियर क्यामरा सेटअप प्रदान गर्दछ। सेल्फीहरूको लागि, नुबिया फ्लिप३ ले ३२ मेगापिक्सेलको क्यामरा उपलब्ध गराएको छ।

नुबियाले फ्लिप३ मा ४,६१०एमएएच ब्याट्री प्याक गरेको छ। फोनका अन्य विशेषताहरूमा साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, आईपी५४ रेटिङ, ब्लुटुथ ६.० र एनएफसी समावेश छन्। फोनको तौल १८७ ग्राम रहेको छ भने खोल्दा ७.५ एमएम पातलो छ।

एन्ड्रोइड १५ मा रन हुने नुबियाले फ्लिप३ कालो र सेतो रङ्गङ्गविकल्पहरूमा उपलब्ध हुनेछ। कम्पनीले जनवरी २०२६ मा बिक्रीको लागि जाँदा नुबिया फ्लिप३ को मूल्य र अन्य विवरणहरूको बारेमा खुलासा गर्ने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १८ मंसिर २०८२, बिहीबार