Technology Khabar १६ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
अपरान्हदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएकोमा हाल समाधान भएको छ। केहि अघिसम्म टेलिकमको नेटवर्क बन्द हुने र चल्ने अवस्था रहेको र मोबाइल डाटा ठप्प भएको थियो।
कम्पनीको नेटवर्कमा समस्या देखिँदा ग्राहकहरुले गुनासो गरेका थिए भने डाटा सेवा नचल्दा प्रयोगकर्ताहरुलाई असर परेको थियो।
हाल उक्त समस्या समाधान गरिएको र त्यसको कारण पत्ता लगाउने प्रयास भईरहेको बताइएको छ।
टेक्नोलोजीखबरले अहिले हेर्दा समेत मोबाइलमा फोरजी डाटाको संकेत देखाउने र डाटा चल्ने देखिएको छ।
सेवामा किन समस्या आयो र कसरी समाधान भयो भन्ने बारेमा जानकारी दिन दिउँसोदेखिनै नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरसँग सम्पर्क गर्ने प्रयास गरेपनि उनको फोन स्वीच अफ रहेको छ भने सहायक प्रवक्तासँग सम्पर्क हुन सकेन्।
यसैबीच एक उच्च अधिकारीले नेपाल टेलिकमको फोरजी मोबाइल डाटामा आएको समस्या हालका लागि समाधान गरिएको बताए।
“फोरजी डाटामा आएको समस्या हाल समाधान भएको छ,” उनले भने, “तर के कारणले यस्तो भएको भन्ने बारेमा टिमले एनालाइसिस गर्दैछ, पछि थाहा होला।”
प्रकाशित: १६ मंसिर २०८२, मंगलवार