Technology Khabar १८ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
सामसङले बालबालिकाहरूका लागि विशेष रूपमा डिजाइन गरिएको नयाँ, बजेट–अनुकूल विकल्पको साथ आफ्नो ट्याब्लेट परिवार विस्तार गरेको छ। ग्यालेक्सी ट्याब ए११+ किड्स एडिशन भर्खरै टल डिस्प्ले, ब्राइट डिजाइन र प्यारेन्टियल कन्ट्रोल (अभिभावकीय नियन्त्रणहरू) को साथ डेब्यू गरिएको छ। सामसङको नयाँ ट्याब्लेट बालबालिकाका लागि उपयुक्त भएको उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी ट्याब ए११+ किड्स एडिशनः
दक्षिण कोरियाली टेक जायन्टले पहिले ग्यालेक्सी ट्याब ए९+ किड्स डिशन मोडेल अनावरण गरेको थियो। हालको ग्यालेक्सी ट्याब ए११+ किड्स एडिशन अब ग्यालेक्सी ट्याब ए९+ किड्स डिशनको प्रत्यक्ष उत्तराधिकारीको रूपमा आएको उल्लेख गरिएको छ। ट्याब्लेटको ब्राइट डिजाइन हाइलाइटिङ विशेषताहरू मध्ये एक भएको बताइएको छ। किड्स डिशनमा ग्यालेक्सी ट्याब ए११+ को लागि रङ्गीन पफी केसको साथमा बच्चाहरूको ङ्गागि नीलो टच पेन, टेथरिङ स्ट्रिङ र सामसङको एनिमल क्यारेक्टर क्रोक्रो भएको किरिङ रहेको छ।
सामसङ किड्स क्यारेक्टरहरू र तिनीहरूको चू चू ट्रेन भएको रङ्गीन स्टिकरहरू पनि पाइने उल्लेख गरिएको छ। ट्याब्लेटको साथ एक उल्लेखनीय समावेश किड्स मोडले बच्चाहरूलाई स्टाइलिश क्रोक्रो, शेफ, संगीत प्रेमी लिसा र अन्यलाई पछ्याउन अनुमति दिने बताइएको छ। ट्याब्लेटको विशिष्टताको बारेमा कुरा गर्दा, यो मूल रूपमा केही थपहरू सहित नियमित ग्यालेक्सी ट्याब ए११+ भएको उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी ट्याब ए११+ किड्स एडिशनमा ९०हर्ज रिफ्रेस रेटको साथ अग्लो ११–इन्चको डब्ल्यूयूएक्सजीए (१९२०×१२००) एलसीडी डिस्प्ले समावेश गरिएको छ। ट्याब्लेटमा मिडियाटेक डाइमेन्सिटी ७३०० प्रोसेसर, ८ जीबी सम्मको र्याम र २५६ जीबी स्टोरेज रहेको छ भने प्रयोगकर्ताहरूले माइक्रोएसडी कार्डको साथ २टीबी सम्म स्टोरेज विस्तार गर्न सक्नेछन्।
सामसङ ग्यालेक्सी ट्याब ए११+ किड्स एडिशन ट्याब्लेटमा ७,०४०एमएए ब्याट्री रहेको छ। ब्याट्रीले २५ वाटको द्रुत चार्जिङलाई समर्थन गर्दछ। अन्य उल्लेखनीय सुविधाहरूमा ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, डल्बी एटमसद्वारा संचालित क्वाड स्पिकरहरू, ३.५एमएम अडियो ज्याक र ब्लुटुथ ५.३ समावेश रहेका छन्। सामसङले भर्खरै आफ्नो आधिकारिक वेबसाइट मार्फत ४२९ अष्ट्रेलियन डलरमा अष्ट्रेलियाली बजारमा ग्यालेक्सी ट्याब ए११+ किड्स एडिशनको घोषणा गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ मंसिर २०८२, बिहीबार