
काठमाडौं ।
रियादको मेट्रोलाई विश्वको सबैभन्दा लामो पूर्ण रुपमा चालकविहीन रेल नेटवर्कको रूपमा मान्यता दिइएको र गिनिज वल्र्ड रेकर्ड तोडेको साउदी प्रेस एजेन्सी (एसपीए) ले शुक्रबार रिपोर्ट गरेको छ।
“यो उपलब्धिले आधुनिक र दिगो यातायात प्रणाली विकासमा राज्यको द्रुत प्रगतिलाई प्रतिबिम्बित गर्दछ” रिपोर्टमा उल्लेख गरिएको छ।
रियाद मेट्रोको आधिकारिक रूपमा डिसेम्बर २०२४ मा उद्घाटन गरिएको थियो।
६ ओटा लाइनहरू, ८५ ओटा स्टेशनहरू र कुल १७६ किलोमिटर (१०९ माइल) सहितको नेटवर्कले शहरको ट्राफिक घटाउने अपेक्षा गरिएको छ।
यो नेटवर्क सञ्चालन अनुगमन गर्न सुसज्जित एडभान्स्ड सेन्ट्रल कन्ट्रोल रुम्स मार्फत व्यवस्थित सबै लाइनहरूमा पूर्ण रूपमा चालकविहीन तवरले सञ्चालन हुने उल्लेख गरिएको छ।
“यो उपलब्धिले स्मार्ट र दिगो शहरी यातायात अवधारणाहरू अपनाउने रियाद शहरको लागि शाही आयोगको प्रयासहरूका साथै राजधानीमा जीवनको गुणस्तर सुधार गर्ने र साउदी भिजन २०३० को लक्ष्यहरूलाई समर्थन गर्ने आधुनिक पूर्वाधार सिर्जना गर्ने नवीनता र विकासप्रतिको प्रतिबद्धतालाई प्रकाश पार्दछ” रिपोर्टमा भनिएको छ।
भिजन २०३० ले “नन्–ओयल इकोनोमी” का क्षेत्रहरूलाई बलियो बनाउने लक्ष्य राखेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १५ मंसिर २०८२, सोमबार