एप्पलले इन्टेलद्वारा निर्मित चिप्स प्रयोग गर्न सुरु गर्ने सम्भावना

Technology Khabar १५ मंसिर २०८२, सोमबार

काठमाडौं ।

वर्षौं अघि आफ्नो ल्यापटपहरूको लागि इन्टेल प्रोसेसरहरू प्रयोग गर्न बन्द गरेको एप्पलले त्यसपछि टीएसएमसीसँग विशेष रूपमा काम गर्दै आएको छ।

यद्यपि, यो अवस्थामा अब २०२७ को सुरुवातमा परिवर्तन हुन सक्ने बताइएको छ र केही म्याकबुकहरूले इन्टेलद्वारा निर्मित चिप्स प्रयोग गर्न सुरु गर्न सक्ने उल्लेख गरिएको छ।

एप्पलले इन्टेलसँग साझेदारी गरेर एम–सिरिज चिप्सको उत्पादन विविधीकरण गर्ने तरिकाहरू खोजिरहेको हुन सक्ने रिपोर्ट गरिएको छ।

इन्टेलले २०२७ को मध्यतिर लोअर–इण्ड एम–सिरिज चिप्स उत्पादन गर्न सुरु गर्न सक्ने सम्भावना रहेको एप्पल आपूर्ति श्रृंखला विश्लेषक मिङ–ची कुओले बताएका छन्।

यदि हालको नयाँ जानकारी सत्य सावित भएको खण्डमा भने म्याकबुक एयर, आईप्याड एयर र आईप्याड प्रो जस्ता डिभाइसहरू २०२७ मा इन्टेल–निर्मित एम६ वा एम७ चिप्ससँग लन्च हुन सक्ने रिपोर्ट गरिएको छ।

एप्पलले यी प्रोसेसरहरूको थप उन्नत प्रो, म्याक्स र अल्ट्रा संस्करणहरूको उत्पादनको लागि, साथै एप्पलको ए–सिरिज मोबाइल चिप्सको लागि टीएसएमसीमा निर्भर रहने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १५ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया