सोनीले अल्फा क्यामरा परिवारको अर्को सदस्य प्रस्तुत गर्दै

  • Technology Khabar | १५ मंसिर २०८२, सोमबार
सोनीले अल्फा क्यामरा परिवारको अर्को सदस्य प्रस्तुत गर्दै

काठमाडौं ।

सोनीले चाँडै नै आफ्नो अल्फा क्यामरा परिवारको अर्को सदस्यलाई प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

कम्पनीले सोनी अल्फा इन्स्टाग्राम खातामा “चेज योर ड्रीम” सन्देश र डिसेम्बर २ मिति सहितको फोटो सेयर गरेको छ। उक्त जानकारी आगामी “मिररलेस” क्यामेराको लागि टिजर हुन सक्ने बताइएको छ।

सोनीको अरु नै केहि चाल हुन सक्ने बताइए तापनि पृष्ठभूमिमा ठूलो “भी“ चिन्ह वा रोमन अंक पाँच वास्तवमा सोनी अल्फा ७ आईभीको उत्तराधिकारी सोनी ए७ भी को स्पष्ट सन्दर्भ जस्तो देखिएको उल्लेख गरिएको छ।

ए७ आईआईआई देखि ए७ आईभीको अवधि सम्ममा लगभग चार वर्ष बितिसकेको कुरालाई ध्यानमा राख्दै नयाँ मोडेलको लागि २०२६ को रिलीज मिति एकदम तार्किक देखिएको बताइएको छ।

ए७ भीमा सोनी आफैंले डिजाइन गरेको नयाँ ३३मेगापिक्सेलको सेन्सरका साथै फोरके/६०एफपीएस भिडियो रेकर्ड गर्ने क्षमता हुन सक्ने अफवाहहरूले सुझाव दिएको छ। कम्पनीले क्यामरासँगै कम्तिमा दुई नयाँ लेन्सहरू पनि तयार गरिरहेको बताइएको छ।

अल्फा ७ आईभीको मूल्य २,५०० अमेरिकी डलर बाट सुरु भएको कुरालाई ध्यानमा राख्दै, नयाँ पुस्तामा भएको सुधारले डिसेम्बरमा आधिकारिक रूपमा प्रस्तुत गर्दा मूल्य अझ बढाउन सक्ने अपेक्षा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १५ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...