मर्मतका लागि नेपाल टेलिकमको सोधपूछ तथा ग्राहक सेवा नम्बरहरु आज राति अवरुद्ध हुने

  • Technology Khabar | १० मंसिर २०८२, बुधबार
मर्मतका लागि नेपाल टेलिकमको सोधपूछ तथा ग्राहक सेवा नम्बरहरु आज राति अवरुद्ध हुने

काठमाडौं ।

नेपाल टेलिकमको सोधपूछ तथा ग्राहक सेवा प्रदान गर्ने ग्राहक सेवाका नम्बर १९७, १९८ तथा १४९८ नम्बरहरु आज राति एक घण्टा अवरुद्ध हुने भएका छन्। ग्राहक सेवा केन्द्र अर्थात् कल सेन्टर अपग्रेड गर्नुपर्ने भएकाले आज राति साढे ११ बजेदेखि एक घण्टाका लागि यी नम्बरहरु अवरुद्ध हुने भएका हुन्।

टेलिकमले आज एक सूचना प्रकाशित गरी सम्बन्धित सबैमा यसबारे जानकारी गराएको हो। सूचनामा भनिएको छ, ‘नेपाल टेलिकमका सेवाहरूको सोधपुछ तथा ग्राहक सेवा प्रदान गर्ने ग्राहक सेवाका नम्बर १९७, १९८ तथा १४९८ सम्बन्धी ग्राहक सेवा केन्द्र (कल सेन्टर) को अपग्रेड कार्य मिति २०८२ मङ्सिर १० गते राति ११:३० बजेदेखि सुरु भै करिब १ घण्टाभित्र सम्पन्न हुने जानकारी गराइन्छ। सो अवधिमा १९७, १९८ तथा १४९८ सम्बन्धी सेवाहरु अवरुद्ध हुन सक्ने हुँदा सेवाग्राहीमा पर्न जाने सम्भावित असुविधाप्रति नेपाल टेलिकम क्षमाप्रार्थी छ।’

प्रकाशित: १० मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार