ह्वावेको मेट ८० र मेट ८० प्रो आधिकारिक रुपमा घोषणा

Technology Khabar १० मंसिर २०८२, बुधबार

काठमाडौं ।

ह्वावेको मेट ८० र मेट ८० प्रो आधिकारिक रुपमा घोषणा गरिएका छन्। ह्वावे मेट ८० र मेट ८० प्रोमा डिस्प्ले र ब्याट्री सहित धेरै साझा कम्पोनेन्टहरूको कारणले गर्दा यो जोडी दृश्यात्मक रूपमा लगभग समान देखिने बताइएको छ।

दुई फोनहरूमा डिस्प्ले समान रहेको छ। उक्त डिस्प्ले ६.७५–इन्च १–१२० हर्ज एलटीपीओ ओएलईडी प्यानल भएको बताइएको छ र १२८०×२८३२ पिक्सेल रिजोल्युसन, १.०७ बिलियन रङहरू र पी३ कलर गामुटको पूर्ण कभरेज रहेको उल्लेख गरिएको छ। साथै स्क्रिनमा १,४४०हर्ज पीडब्ल्यूएम डिमिङ र ३००हर्ज टच स्याम्पलिङ्ग रेट रहेको उल्लेख गरिएको छ।

ह्वावेले प्यानल ८,००० निट्स सम्म पुग्ने फोनमा अहिलेसम्मकै सबैभन्दा चम्किलो भएको दाबी गरेको छ। साथै स्क्रिनमा दोस्रो–जेन कुनलुन ग्लासको प्रोटेक्टिभ सिट रहेको बताइएको छ।

दुबै मेट ८० फोनहरूमा अगाडि थ्रीडी टीओएफ फेस स्क्यानिङ क्यामरा र साइड–माउन्टेड फिङ्गगरप्रिन्ट स्क्यानर रहेको छ। तिनीहरूले स्याटेलाइट सञ्चारको लागि समर्थन पनि साझा गर्ने थप उल्लेख गरिएको छ।

मेट ८० प्रोमा किरिन ९०३०चिपसेट छ भने मेट ८० मा किरिन ९०२० समावेश गरिएको छ। चिपसेटको बारेमा विवरण सीमित भएको र ह्वावेले किरिन ९०३० अब किरिन ९०२० भन्दा ३५ प्रतिशत छिटो भएको र यो आफैंमा किरिन ९०१० भन्दा ३५ प्रतिशत छिटो भएको दाबी गरेको छ।

मेट ८० प्रो म्याक्स भित्र किरिन ९०३० प्रो पनि रहेको छ र यो मेट ८० प्रो भित्र किरिन ९०३० भन्दा एक कदम माथि भएको बताइएको छ। साथै यो किरिन ९०२० भन्दा लगभग ४२ प्रतिशत छिटो भएको र किरिन ९०३० नन्–प्रो भन्दा ७ प्रतिशत छिटो भएको थप उल्लेख गरिएको छ।

प्रो म्याक्स विशेष रूपमा १६ जीबी र्याममा आउँछ भने मेट ८० र मेट ८० प्रो दुबै १२ जीबीबाट सुरु हुने बताइएको छ र तिनीहरूको टप–टियर संस्करणहरूमा १६ जीबीसम्म मात्र उपलब्ध हुने उल्लेख गरिएको छ।

दुबै फोनहरूमा ५,७५०एमएएच ब्याट्रीसमावेश गरिएको छ र मेट ८० प्रोमा १००वाटको वायर्ड र ८०वाट सम्मको वायरलेसगरी छिटो चार्जिङ उपलब्ध भएको बताइएको छ। मेट ८० ले भने अझै पनि ६६वाट वायर्ड र ५०वाट वायरलेस गति प्रदान गर्ने उल्लेख गरिएको छ।

ह्वावेको मेट ८० र मेट ८० प्रोमा पछाडि ट्रिपल क्यामरा प्रणाली र अटोफोकस गर्ने एफ/२.० लेन्स भएको १३ मेगापिक्सेल सेल्फी क्यामरा समावेश गरिएको छ।

मेट ८० मा भेरिएबल एपर्चर एफ/१.४–एफ/४.० लेन्स र १/१.२८–इन्च आरवाईबीबी सेन्सरसहितको ५० मेगापिक्सेलको वाइड–एंगल क्यामरा रहेको छ। त्यसपछि एफ/२.२ लेन्स भएको ४० मेगापिक्सेलको अल्ट्रावाइड र १२५एमएम एफ/३.४ लेन्स भएको १२मेगापिक्सेल ५.५× जुम क्यामरा समावेश गरिएको छ।

मेट ८० प्रो मा उस्तै वाइड र अल्ट्रावाइड क्यामराहरू समावेश गरिएका छन्। डिभाइसमा ४× वा ९२.५एमएम टेलिफोटो लेन्स भएको ४८ मेगापिक्सेलको सेन्सर र धेरै उज्यालो एफ/२.१ एपर्चर समावेश गरिएको छ।

दुबै क्यामरा प्रणालीहरू ह्वावेको दोस्रो–जेन रेड मेपल इमेजिङ चिपद्वारा समर्थित भएकोले प्रोसेसिङ र रङ्गलाई ट्युन गर्ने बताइएको छ।

मेट ८० सिरिज नयाँ डिजाइन र धेरै एआई स्मार्टहरू भएको हार्मोनीओएस ६ का साथ लन्च गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यहाँ मूल्यहरूको विवरण दिइएको छः

१२/२५६ जीबी१२/५१२ जीबी१६/५१२ जीबी१६ जीबी/१ टीबी
ह्वावे मेट ८०४,६९९ चिनियाँ युआन५,१९९ चिनियाँ युआन५,४९९ चिनियाँ युआन
ह्वावे मेट ८० प्रो५,९९९ चिनियाँ युआन६,४९९ चिनियाँ युआन६,९९९ चिनियाँ युआन७, ९९९ चिनियाँ युआन

 

 

प्रकाशित: १० मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया