फसेका अन्तरिक्ष यात्री उद्धारका लागि चीनद्वारा ‘शेन्जोउ–२२’ प्रक्षेपण

  • Technology Khabar | ९ मंसिर २०८२, मंगलवार
फसेका अन्तरिक्ष यात्री उद्धारका लागि चीनद्वारा ‘शेन्जोउ–२२’ प्रक्षेपण

काठमाडौं ।

चीनले आफ्ना तीन जना अन्तरिक्ष यात्रीलाई सुरक्षित रुपमा घर फर्काउन सहयोग पुर्याउने उद्देश्यले मङ्गलबार ‘शेन्जोउ–२२’ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। क्षतिग्रस्त अन्तरिक्ष यानका कारण ती अन्तरिक्ष यात्री चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फसिरहेका थिए।

ती अन्तरिक्ष यात्रीहरूले सन् २०२५ को नोभेम्बर १ मा तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा डक गरेका थिए र अहिले फिर्तीका लागि यही नयाँ प्रक्षेपित ‘शेन्जोउ–२२’ को प्रयोग गर्नेछन्।

यसअघि शेन्जोउ–२० मिसनका अन्तरिक्ष यात्रीहरूले आफ्नै यानको झ्यालमा क्षति पुगेपछि पृथ्वी फर्कने यात्रामा नौ दिनको ढिलाइ सहनु परेको थियो। अन्ततः उनीहरू ‘शेन्जोउ–२१’ प्रयोग गरेर फर्किए । सोही यानले हालै प्रतिस्थापन चालक दललाई तियाङ्गोङमा पुर्याएको थियो।

तीन सदस्यीय चालक दल पृथ्वीमा सुरक्षित अवतरण गरेपछि प्रतिस्थापनका रूपमा त्यहाँ पुगेका अर्को तीन जना अन्तरिक्ष यात्री आपतकालीन अवस्थामा फिर्तिने सुनिश्चित मार्गविनै अस्थायी रूपमा स्टेशनमै रहनुपरेको थियो ।

राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार क्षति भएको ‘शेन्जोउ–२०’ यान अहिले अन्तरिक्षमै रहेको छ र यसलाई पृथ्वीमा फर्काएर विस्तृत मूल्याङ्कन गरिनेछ। मूल्याङ्कनपछि उक्त यानले अन्तरिक्ष यात्रीहरूको सुरक्षित यातायातका आवश्यक मापदण्ड पूरा नगरेको पुष्टि भएको छ।

चिनियाँ अन्तरिक्ष कार्यक्रमले पछिल्ला वर्षहरूमा तीव्र प्रगति गरेका मिशनहरूमार्फत तियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई मोड्युल–मोड्युल विस्तार गर्दै आएको छ। उक्त कार्यक्रम चीनको सेनाद्वारा नियन्त्रित भएकाले अमेरिकाको सुरक्षा चिन्ताका कारण चीन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सहभागी हुन नसकेको बताइन्छ। त्यसपछि चीनले आफ्नै तियाङ्गोङ स्टेशन विकास गरेको हो।

‘स्वर्गीय दरबार’ अर्थ भएको तियाङ्गोङ सन् २०२१ मा पहिलो टोलीलाई स्वागत गर्दै सञ्चालनमा आएको थियो। आकारमा यो २५ वर्षदेखि सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनभन्दा सानो भए पनि चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण परियोजना मानिन्छ। रासस/एपी

प्रकाशित: ९ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • Technology Khabar
  • ९ मंसिर २०८२, मंगलवार