एआईले प्राविधिक अर्बपतिहरूलाई एकै ठाउँमा ल्यायो; तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल

Technology Khabar ९ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

विश्वका सबैभन्दा शक्तिशाली प्राविधिक नेताहरूले सँगै समय बिताएको एआई–उत्पन्न तस्बिरहरू भाइरल भएका छन्। गुगलको पछिल्लो एआई टुल ‘नानो बनाना प्रो’ बाट उत्पन्न तस्बिरहरूले सामाजिक सञ्जाल भरिएको छ।

“ट्रिलियन डलर टोली” भनेर बर्णन गरिएको एउटा तस्बिरमा इलन मस्क, सुन्दर पिचाई, मार्क जुकरबर्ग र जेफ बेजोस जस्ता अर्बपतिहरूलाई विलासी कारहरूले घेरिएको पार्किङ स्थलमा देख्न सकिने छ।

Image

अर्को भाइरल तस्बिरले एउटा कोठामा टेक मुगलहरूको एउटै समूह देखाएको छ। उक्त तस्बिरमा “साथीहरूसँग आरामदायी भेटघाट” भनेर क्याप्सन उल्लेख गरिएको छ।

Image

त्यसैगरी तेस्रो पोस्टमा अरबपतिहरूले भीडभाड भएको घरमा पार्टी गरिरहेको देखाइएको छ। तस्बिरमा “समानान्तर ब्रह्माण्डमा कतै” क्याप्सन गरिएको छ।

Image

अर्को तस्बिरले रातमा मधुरो उज्यालो भएको सडकमा टेक मुगलहरू हिंडिरहेको देखाएको टेलिग्राफले रिपोर्ट गरेको छ।

 

प्रकाशित: ९ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया