Technology Khabar १० मंसिर २०८२, बुधबार
काठमाडौं ।
आईफोनको लागि आईओएस २६ अपडेटमा नयाँ ‘लिक्विड ग्लास’ युजर इन्टरफेस र धेरै नयाँ सुविधाहरूको बारेमा थियो भने अर्को प्रमुख आईफोन अपडेट ‘आईओएस २७’ ले पर्फर्मेन्स र एआई सुविधाहरू सुधार गर्नमा ध्यान केन्द्रित गर्ने भएको छ।
आईओएस २७ अपडेटले ‘गुणस्तर सुधार र आर्टिफिसियल इन्टेलिजेन्स सुविधाहरू’ प्रदान गर्ने ब्लूमबर्गका मार्क गर्मनले बताएका छन्। एप्पलले बग समाधानहरू, कोर सिस्टम पर्फर्मेन्स सुधार गर्ने र समग्र प्लेटफर्म स्थिरतालाई प्राथमिकता दिइरहेको उनले थप उल्लेख गरे।
पर्फर्मेन्स र स्थिरता सुधार गर्नुको साथै, एप्पलले आईओएस २७ अपडेटमा नयाँ एआई सुविधाहरू पनि प्रस्तुत गर्ने बताइएको छ। गर्मनका अनुसार, अपडेटले एआईलाई थप एपहरूमा विस्तार गर्ने र ‘स्वास्थ्य–केन्द्रित’ एआई एजेन्ट र एआई–समर्थित वेब सर्च क्षमता समावेश गर्नेछ।
एप्पलले ‘भेरिटास’ नामक ‘फुल–फ्लेज्ड’ च्याटबोटमा पनि काम गरिरहेको बताइएको छ र यो सिरी सुधार गर्नको लागि प्रयोग गर्न सकिने छ।
त्यसैगरी नयाँ सुविधाहरू र सुधारहरू म्याकओएस २७ अपडेटमा पनि उपस्थित हुनेछन्। एप्पलले अर्को वर्ष जुनमा आईओएस २७ र म्याकओएस २७ को पहिलो बिटा संस्करणहरू जारी गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १० मंसिर २०८२, बुधबार