Technology Khabar ९ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
चालु आर्थिक वर्षको चौथो महिना कार्तिक मसान्तसम्म नेपालमा १६ अर्बभन्दा बढीको लगभग साढे ९ लाख थान स्मार्टफोन आयात भएको छ। यो महिनामा तिहार र छठ लगायतका पर्वहरु परेकाले पनि नेपालमा भित्रिने स्मार्टफोनको सङ्ख्या बढेको अनुमान छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को कार्तिकसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात अझ वृद्धि हुँदै गइरहेको पाइएको हो।
कार्तिक मसान्तसम्म समग्रमा १६ अर्ब १५ करोड १३ अर्ब ६२ करोड १८ लाख ४० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको ९ लाख ४३ हजार ८२६ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।
सङ्ख्याका हिसाबले भदौबाट असोज मसान्तसम्मको एक महिनामा २ लाख ९५ हजार ९८७ बढेर स्मार्टफोनको आयात सङ्ख्या ८ लाख ४ हजार ८६० पुगेको थियो।
असोजबाट कार्तिक मसान्तसम्म पुग्दा १ लाख ३८ हजार ९६६ ले बढेर समग्रमा ९ लाख ४३ हजार ८२६ पुगेको छ।
यसैगरी भदौबाट असोजसम्मको एक महिनामा स्मार्टफोनका लागि एक महिनामा ४ अर्ब ७८ करोड १५ लाख ५८ हजार रुपैयाँ बाहिरिएर समग्रमा १३ अर्ब ६२ करोड ७५ लाख ३८ हजार पुगेको थियो।
असोजबाट कार्तिकमा जाँदा भने २ अर्ब ५२ करोड ४३ लाख १० हजार बढेर समग्रमा १६ अर्ब १५ करोड १८ लाख ४० हजार पुगेको छ।
यस अवधिमा सरकारले स्मार्टफोनको आयातबाट ३ अर्ब १ करोड ३१ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ४१ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट १२ अर्ब ९९ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको ८ लाख २४ हजार ७४६ थान स्मार्टफोन आयात भएको छ।
यसैगरी भारतबाट ३ अर्ब १ करोड ८५ लाख ६२ हजार रुपैयाँ बराबरको १ लाख १७ हजार ५८७ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
यसबाहेक विश्वका अन्य ३९ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु भित्रिएका छन् जसलाई तलको तालिकामा देखाइएको छ:
| क्रं स | देश | विवरण (थान) | रकम (हजारमा) |
| १ | अस्ट्रेलिया | १५९ | १७७८९ |
| २ | क्यानडा | २५ | २३०३ |
| ३ | चीन | ८२४७४६ | १२९९४३४८ |
| ४ | फिनल्याण्ड | १२ | १६७५ |
| ५ | हङकङ | १६ | १६४४ |
| ६ | भारत | ११७५८७ | ३०१८५६२ |
| ७ | जापान | ३३१ | २५११६ |
| ८ | दक्षिण कोरिया | ११५ | ८२३७ |
| ९ | मलेसिया | २६ | १३७१ |
| १० | कतार | ५४ | ६४७२ |
| ११ | यूएई | ३७१ | ३५५२१ |
| १२ | बेलायत | ४६ | ३८१९ |
| १३ | अमेरिका | २६६ | २८४६४ |
प्रकाशित: ९ मंसिर २०८२, मंगलवार