पुराना टावरको क्षमता विस्तार गर्दै नेपाल टेलिकम

  • Technology Khabar | १० चैत्र २०७५, आईतवार
पुराना टावरको क्षमता विस्तार गर्दै नेपाल टेलिकम
सांकेतिक

काठमाडौं ।

जाजरकोट । वर्षेनी टेलिफोनको समस्या भोग्दै आएका यहाँका जनताका लागि अब त्यो समस्या हट्ने भएको छ ।

भेरी नगरपालिकाको रानागाउँ, शिवालय गाउँपालिका–९ शेरी, छेडागाड नगरपालिका– १० सल्लीभीर, जुनिचाँदे गाउँपालिका– २ मजकोट, कुशे गाउँपालिका–८ लाताचुली, बारेकोट गाउँपालिका रतनकोटमा टावरमा क्षमता विस्तारको काम शुरु भएको छ । बादल देखिनासाथ अवरुद्ध हुने टावरमा सौर्य ऊर्जा थपेर टावरको क्षमता बढाउने काम शुरु भएको छ ।

स्काइ प्राविधि भएको ठाउँमा नमस्ते जडान गरी थप सेवा विस्तार गर्न लागिएको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए । उनले भने, ‘काकीगाउँ, फम्दामा रहेका पुराना टावरमा क्षमता विस्तारसँगै स्काइ प्राविधि भएको ठाउँमा नमस्तेको टावर जोड्ने काम शुरु भएको भएको छ ।’

त्यस्तै नलगाड नगरपालिका थाप्ला, बारेकोट गाउँपालिकाको निगालछाला, छेडागाड नगरपालिका टीकाचौरमा टावर निर्माणको काम शुरु भएको छ ।

त्यसैगरी नलगाड–८ गरालामा नमस्तेको टावर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । निकट भविष्यमै मानघाट, थलह, मुर्क थलहको लागि काम शुरु हुनेछ । रुकुुमको घेत्मामा रहेको नमस्तेको टावरमा थप २५ मिटर थपेर स्तरोन्नतिको काम शुरु भएको छ ।

जिल्लाका सातै स्थानीय तहमा टेलिफोन सेवाको सहज पहुँचका लागि ६ महीनाभित्र काम पूरा हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

चुनावको समयमा मन्त्री बस्नेतको चुनावी नारासमेत रहेको टेलिफोन सेवा विस्तार कार्यक्रम शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । भौगोलिक भूबनोटको जटिलता कारण टावरका सामग्री लिन समय लागेको उनले बताए ।

सडक विस्तारसँगै विद्युत्, सञ्चार र प्राविधिका कामसँगै बढाएको मन्त्री बस्नेतले बताए । बैंक स्थापना भई अधिकांश स्थानीय तहमा काम शुरु भएको भन्दै उनले भने, ‘केही ठाउँमा सुरक्षाका कारण बैंक सञ्चालनमा बाधा परेको छ, त्यो पनि छिट्टै हल गरिने छ ।’

यसै वर्ष जिल्लाका सबै ठाउँमा केन्द्रीय लाइन विस्तार गरी उज्यालो अभियानलाई सफल बनाइने उनले बताए।

एक वर्षभित्र जिल्लाका सबै ठाउँमा टेलिफोनको विस्तार गरी स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । अहिले टावरका सामग्री लिन ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ताकेता गरी छिटोछरितो काम गर्न निर्देशन दिइएको उनले बताए।

प्रकाशित: १० चैत्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार