एफवान सफ्ट ग्रुप आवद्ध कम्पनी र कर्मचारीहरुले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दिए ७५ लाख रुपैयाँ

  • Technology Khabar | ७ मंसिर २०८२, आईतवार
एफवान सफ्ट ग्रुप आवद्ध कम्पनी र कर्मचारीहरुले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दिए ७५ लाख रुपैयाँ

काठमाडौं ।

एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेगरी ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी पचहत्तर लाख रुपैयाँको चेक मंसिर ३ गते अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त ग्रुपको तर्फबाट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका थिए।

नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गरेका थिए।

उक्त कोषमा मंसिर ७ गतेसम्म ९ करोड ३० लाख जम्मा भएको व्यहोरा मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ७ मंसिर २०८२, आईतवार