नेपालगञ्जमा ‘इ–लाइब्रेरी’ बन्दै

Technology Khabar ६ मंसिर २०८२, शनिबार

नेपालगञ्जमा ‘इ–लाइब्रेरी’ बन्दै
एआईको सहायतामा बनाईएको सांकेतिक तस्बिर।

काठमाडौं ।

यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ–लाइब्रेरी’का रुपमा रुपान्तरण हुने भएको छ। पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताएका छन्।

अध्यक्ष यादवले प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गरे। हाल पुस्तकालयमा तीन ओटा कम्प्युटर छन् । इ–लाइब्रेरी सञ्चालनका लागि रु छ लाख आवश्यक भएको बताए।

यसैबीच, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री आदेशकुमार अग्रवालले आगामी वर्षदेखि पुस्तकालयलाई उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि पुस्तकालयलाई नियमित रूपमा सहयोग गरिने बताए।

शुक्रबार भएको पुस्तकालयको १८औँ अधिवेशनले यादवलाई पुनःअध्यक्ष चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा पङ्कज श्रेष्ठ र कोषाध्यक्ष अजयकुमार टण्डन पनि पुनः निर्विरोध निर्वाचित भएका छन्। रासस

प्रकाशित: ६ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया