Technology Khabar ६ मंसिर २०८२, शनिबार
काठमाडौं ।
युट्युबले आफ्नो प्लेटफर्ममा डाइरेक्ट म्यासेजिङ सुविधा समावेश गर्ने प्रयासहरू पुनर्जीवित गर्दैछ।
युट्युबले प्रयोगकर्ताहरूलाई भिडियोहरू साझेदारी गर्न र छलफल गर्नको लागि डाइरेक्ट म्यासेजिङको परीक्षण गर्न थालेको बताइएको छ।
यो परीक्षण आयरल्याण्ड र पोल्याण्डका १८ वर्षभन्दा माथिका प्रयोगकर्ताहरूका लागि भएको उल्लेख गरिएको छ।
डाइरेक्ट म्यासेजहरू सामान्यतया गोपनीयतासँग सम्बन्धित भए तापनि गुगलले “सन्देशहरूले समुदायको दिशानिर्देशहरू पूरा गर्छन् वा गर्दैनन् भनी सुनिश्चित गर्न समीक्षा गर्न सकिने बताएको छ।
यो भिडियो प्लेटफर्मले म्यासेजिङ सक्षम पार्ने प्रयास गरेको यो पहिलो पटक भने होइन। युट्युबले २०१७ मा आफ्नो एपमा डाइरेक्ट म्यासेज थप गरेयो थियो भने कमेन्ट सेक्सनमा सार्वजनिक कुराकानीहरूलाई प्राथमिकता दिन २०१९ मा हटाएको थियो।
युट्युब इकोसिस्टम भित्र सेयरिङको लागि नयाँ परीक्षणले प्रयोगकर्ताहरूले अरूलाई भिडियो पठाउन प्रयोग गर्ने अन्य तरिकाहरूमा परिवर्तन नगर्ने उल्लेख गरिएको छ।
यो सुविधालाई हटाइएको ६ वर्ष पछि उही प्रणाली फिर्ता ल्याउनु एक अनौठो विकल्प जस्तो देखिएको उल्लेख गरिएको छ। गुगलले यो “सबैभन्दा अनुरोध गरिएको सुविधा” भएको दाबी गरेको र त्यसै कारणले यस पटक यसको व्यापक प्रयोग हुन सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ६ मंसिर २०८२, शनिबार