सामसङ ग्यालेक्सी ग्लासेसको विवरण लीक; २०२६ मा लन्च हुने सम्भावना

  • Technology Khabar | ७ मंसिर २०८२, आईतवार
सामसङ ग्यालेक्सी ग्लासेसको विवरण लीक; २०२६ मा लन्च हुने सम्भावना

काठमाडौं ।

सामसङले गत महिना ग्यालेक्सी एक्सआर हेडफोन अनावरण गरेको थियो। अब यस सिरिजको अर्को उत्पादन ग्लासेसको जोडी हुनेछ भनि धेरै अघिल्ला अफवाहहरूले उल्लेख गरेका छन्।

एक्सआर ग्लासेसको पहिलो जोडी अब मोडेल नम्बर एसएमः–ओ२००ए को रूपमा पहिचान गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

ग्यालेक्सी एक्सआरको मोडेल नम्बरमा “ओ” को सट्टा “आई” रहेको हुनाले उक्त मोडेल नम्बरमा रहेको “ओ” ले यो केवल अर्को हेडसेट नभएको पुष्टि  गर्ने उल्लेख गरिएको छ।

सामसङको पहिलो एक्सआर ग्लासेस मेटाको रे–ब्यान ग्लासेस जस्तै हुन सक्ने बताइएको छ। साथै, विगतका अफवाहहरूले कोरियाली कम्पनीले पहिले २०२६ मा स्क्रिन–रहित जोडी लन्च गर्नेछ र त्यसपछि २०२७ मा स्क्रिन भएको जोडी प्रस्तुत गर्ने भनेका थिए।

ग्लासेसको पहिलो जोडीमा ट्रान्जिसन लेन्सहरू रहने भनिएको छ। उक्त ट्रान्जिसन लेन्सहरू सूर्यको प्रकाशमा पर्दा तिनीहरू स्वचालित रूपमा अँध्यारो र घर भित्र हुँदा पारदर्शी हुनेछन्।

ट्रान्जिसनहरू रे–बान र अन्य धेरै ब्रान्डहरूको निर्माता एसिलोरलक्सोटिकाको दर्ता गरिएको ट्रेडमार्क हो । त्यसैले सामसङले पनि मेटाले जस्तै यी लेन्सहरू प्रयोग गर्नेछ वा ट्रान्जिसनहरू जस्ता फोटोक्रोमिक लेन्सहरू मात्र प्रयोग गर्नेछ भनेर हेर्न रोचक हुनेछ।

मेटाको रे–ब्यान ग्लासेस जस्तै, सामसङको ग्लासेसमा क्यामरा, वाइफाइ र ब्लुटुथ हुनेछ। साथै तिनीहरूले सेलुलर डाटा जडान थप्ने बताइएको छ र यो मेटा ग्लासेसमा भने उपलब्ध नभएको बताइएको छ।

सामसङले पहिले नै ग्यालेक्सी ग्लासेस नामको ट्रेडमार्क गरिसकेको हुनाले यिनीहरूलाई यो नाम दिइने बलियो सम्भावना रहेको छ।

ग्यालेक्सी ग्लासेस निश्चित रूपमा अमेरिकामा र अवश्य पनि अन्य बजारहरूमा पनि लन्च हुने बताइएको भए तापनि निश्चित बजारहरूको बारेमा भने अझै खुलासा नगरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...