बनेपामा रहेको आईटी पार्क हटाईने, सेक्यूरिटी प्रेस राखिने निश्चित

  • Technology Khabar | ७ चैत्र २०७५, बिहीबार
बनेपामा रहेको आईटी पार्क हटाईने, सेक्यूरिटी प्रेस राखिने निश्चित
फाइल

काठमाडौं ।

काठमाडौं । काभ्रेको बनेपामा रहेको सूचना प्रविधि पार्क (आईटी पार्क) हट्ने निश्चित भएको छ । सरकारले सो स्थान सुरक्षण मुद्रण विकास समितिलाई दिने भएपछि सो स्थानमा रहेको सूचना प्रविधि पार्क हट्ने भएको हो ।

यहि चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सूचना प्रविधि पार्कको जग्गा तथा भवन सुरक्षण मुद्रण विकास समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सो बारे जानकारी दिए।

सो स्थानमा सरकारले सेक्यूरिटी प्रेस संचालन गर्ने योजना लिएको छ । हालै सरकारको तर्फबाट संचार मन्त्रीले फ्रान्स सरकारसँग सेक्यूरिटी प्रेस संचालन गर्ने विषयमा आशयपत्रमा हस्ताक्षर गरेर आएका थिए ।

सरकारले यसअघि नै रेडियो नेपालको खुमलटारमा रहेको जग्गा सूचना प्रविधि पार्कको लागि उपलब्ध गराउने निर्णय गरिसकेको छ । सरकारले रेडियो नेपालको ११८ रोपनी जग्गा सूचना प्रविधि पार्क बनाउन उपयोग गर्ने बताएको छ । यसअघिको मन्त्रिपरिषदले सो बारेमा निर्णय गरेको संचार मन्त्रीले जानकारी दिएका थिए ।

सो आईटी पार्क हालसम्म प्रयोग बिहिन रहेको छ । त्यसैले सो स्थानलाई उपयोग गर्ने भन्दै सरकारले सेक्यूरिटी प्रेस राख्ने योजना बनाएको हो ।

आईटी पार्कका लागि यसअघि नै सरकारले रेडियो नेपालको जग्गा दिने निर्णय गरिसकेको हुँदा सो स्थानमा सेक्यूरिटी प्रेस राख्ने संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम काफ्लेले जानकारी दिए । ‘निकै लामो समयदेखि आईटी पार्क बनाएपनि राम्रोसँग चल्न सकेको थिएन्, त्यो स्थानमा सेक्यूरिटी प्रेस राखेर उपयोग गर्ने योजना हो,’ सूचना तथा संचार मन्त्रालयका प्रवक्ता ऋषिराम काफ्लेले टेक्नोलोजीखबरसँग भने।

सूचना प्रविधि पार्कको सो जग्गा तथा भवनहरु संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगत रहेको छ ।

प्रकाशित: ७ चैत्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ७ चैत्र २०७५, बिहीबार