नमस्ते पे वालेटबाट बसको टिकट किन्न सकिने सुविधा, वालेट ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने

Technology Khabar ४ मंसिर २०८२, बिहीबार

काठमाडौं ।

डिजिटल भुक्तानी सेवा प्रदायक नमस्ते पेले प्रयोगकर्ता माझ लामो समयदेखि प्रतिक्षा गरिएको बस टिकेटिङ सुविधा औपचारिरक रूपमा सार्वजनिक गरेको छ। यो सुविधा १० नोभेम्बर २०२५ देखि एन्ड्रोइड र आइओएस दुवै संस्करणमा उपलब्ध भएको छ।

नयाँ सुविधा मार्फत प्रयोगकर्ताले देशभरका विभिन्न मार्गका बस तथा हायसको टिकट सहजै खोज्न, तुलना गर्न र बुक गर्न सक्नेछन्।

नयाँ सुविधा उपलब्ध भएसँगै, अब यात्राका लागि बस काउन्टर धाउनुपर्ने वा तेस्रो पक्षको प्लेटफर्ममा निर्भर हुनुपर्ने आवश्यकता हट्ने बताईएको छ।

बस टिकटिङ सेवाको शुरुवातले दैनिक भुक्तानीदेखि यात्रा सम्बन्धी कामसम्म एउटै एपबाट सुरक्षितरुपमा व्यवस्थापन गर्न सकिने नमस्ते पेको प्रतिबद्धतालाई दर्शाएको उल्लेख छ।

प्रयोगकर्ताहरुले नमस्ते पे एपको बस टिकेट ‘Bus Ticket’ सेक्शनमा गएर सेवा उपयोग गर्न सक्दछन् र भुक्तानीका लागि वालेटमा रहेको ब्यालेन्स वा लिंक गरिएको बैंक खातामार्फत सजिलै भुक्तानी गर्न सकिने नमस्ते पे ले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया