Technology Khabar २ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
अपडेट क्लाउडफ्लेयरले ड्याशबोर्ड खोल्न सफल भएको जानकारी दिएसँगै केहि वेबसाइटहरु सञ्चालनमा आएका छन भने अझै कयौं वेबसाइटहरु डाउन रहेको देखिएको छ।
“हामीले एउटा परिवर्तन लागू गरेका छौं जसले ड्यासबोर्ड सेवाहरू पुनर्स्थापित गरेको छ। हामी अझै पनि व्यापक अनुप्रयोग सेवाहरूको प्रभावलाई सुधार गर्न काम गरिरहेका छौं,” क्लाउडफ्लेयरले भनेको छ।
फेसबुक र एक्सका साथै म्यूजिक स्ट्रिमिङ एप स्पोटिफाई सहित धेरै वेबसाइटहरू र सामाजिक सञ्जाल साइटहरू डाउन भएका छन्। यसले हजारौं प्रयोगकर्ताहरूलाई असर गरेको बताइएको छ।
यो क्लाउडफ्लेयरमा होस्ट गरिएका केही प्लेटफर्महरूसँग सम्बन्धित भएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
क्लाउडफ्लेयरले साइबर आक्रमणबाट वेबसाइटहरूलाई जोगाउने र साइटहरूलाई कन्टेन्ट (सामग्री) छिटो लोड गर्न अनुमति दिने टुल्स (उपकरणहरू) प्रदान गर्दछ।
आउटेज ट्र्याकर डाउनडिटेक्टरका अनुसार, क्लाउडफ्लेयरमा हजारौं समस्याहरू अहिलेसम्म रिपोर्ट गरिएको थप उल्लेख गरिएको छ।
क्लाउडफ्लेयरले आफ्नो स्ट्याटस पेजमा इन्जिनियरहरूले “धेरै ग्राहकहरूलाई सम्भावित रूपमा असर गर्ने” मुद्दाको अनुसन्धान गरिरहेका बताएको छ।
क्लाउड सुबिधा दिने क्लाउडफ्लेयर डाउन भएसँगै नेपालका अधिकांश समाचार साइटहरु समेत डाउन भएका छन्।
प्रकाशित: २ मंसिर २०८२, मंगलवार