एक्सले ईन्ड–टु–ईन्ड इन्क्रिप्सन भएको च्याट एप लन्च गर्यो

Technology Khabar ३ मंसिर २०८२, बुधबार

काठमाडौं ।

एक्स (पहिलाको ट्विटर) ले २०२३ को मध्यमा लन्च गरेको इन्क्रिप्टेड डीएमहरूको अब कम्पनीले कार्यक्षमता बढाउँदै छ र यसलाई पूर्ण रूपमा विकसित च्याट एपको रूपमा लन्च गर्दैछ।

केवल “च्याट” भनिने यो एपले गोपनीयताको आधारमा आफूलाई बिक्री गरेको बताइएको छ। यसले च्याट र फाइल सेयरिङ गर्न, म्यासेजहरु गायब गर्नको लागि ईन्ड–टु–ईन्ड इन्क्रिप्सन (ई२ईई) को वाचा गर्दै थप कुराहरूको साथमा सस्क्रिनसटहरू ब्लक गर्ने उल्लेख गरिएको छ। साथै यसमा पठाइएका सन्देशहरू सम्पादन गर्न र मेटाउन सकिने बताइएको छ। एक्सले पूर्ण गोपनीयताको प्रतिज्ञा गर्दै यसमा कुनै विज्ञापन र ट्र्याकिङ नभएको उल्लेख गरेको छ।

यो भ्वाइस र भिडियो कलहरूको लागि समर्थनको साथ पूर्ण रूपमा सुविधायुक्त मेसेन्जर भएको बताइएको छ। त्यसैगरी भ्वाइस मेमो सुविधाको पनि काम भइरहेको बताइएको छ जसले प्रयोगकर्ताहरूलाई प्रि–रेकर्ड गरिएका भ्वाइस म्यासेजहरू पठाउन अनुमति दिनेछ।

यद्यपि, सुरक्षा पूर्ण भइनसकेको बताइएको छ र ईन्क्रिप्टेड डाइरेक्ट मेसेजेसको बारेमा मद्दत पृष्ठले “हाल, हामी म्यान–इन–द–मिडल एट्याक्स (आक्रमणहरू) विरुद्ध सुरक्षा प्रदान गर्दैनौं। फलस्वरूप, यदि कसैले – एक मालिसियस इनसाइडर (दुर्भावनापूर्ण भित्री व्यक्ति) वा अनिवार्य कानुनी प्रक्रियाको परिणामस्वरूप एक्स आफैंले इन्क्रिप्टेड कुराकानीमा सम्झौता गर्यो भने, प्रेषक वा प्राप्तकर्ता दुवैलाई थाहा हुने छैन” भनि उल्लेख गरेको छ।

यो ई२ईई एपहरूको लागि एक महत्त्वपूर्ण मुद्दा भएको बताइएको छ। एक्सले एक नयाँ संयन्त्रमा काम गरिरहेको दाबी गरेको छ र यस संयन्त्रको साथ “म्यान–इन–द–मिडल एट्याक्स असम्भव छैन भने पनि निकै गाह्रो हुनेछ” भनि बताएको छ। साथै, “प्रेषक र प्राप्तकर्ता दुवैलाई आक्रमणको घटनामा सतर्क गराउनुपर्छ” भनि थप उल्लेअ गरेको छ।

च्याट एप अब आईओएस र वेब ब्राउजर मार्फत उपलब्ध गराइएको छ भने एन्ड्रोइड एप चाँडै आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया