गुगलको नानो बनाना अब सामसङको नाउ ब्रीफमा उपलब्ध

  • Technology Khabar | ३ मंसिर २०८२, बुधबार
गुगलको नानो बनाना अब सामसङको नाउ ब्रीफमा उपलब्ध

काठमाडौं ।

गुगलको धेरै सफल नानो बनाना एआई ईमेज क्रियटर र इडिटर अब सामसङको ग्यालेक्सी एआईको अंश रहेको नाउ ब्रीफ सुविधामा उपलब्ध हुने भएको छ।

नाउ ब्रीफले भर्खरै प्राप्त गरेको नानो बनाना ईमेज जेनेरेसन कार्डले ग्यालरीबाट सेल्फी वा पाल्तु जनावरको फोटो तानेर प्रयोग गर्न सकिने केही इडिटिङ (सम्पादन) प्रम्प्टहरूको बारेमा सुझाव दिने बताइएको छ। उक्त इडिटिङ प्रम्प्टहरू मध्ये कुनै एउटामा ट्याप गरेपछि नानो बनानाले चयन गरिएको तस्वीरको एआई–रूपान्तरित संस्करण उत्पन्न गर्नेछ।

यो नयाँ सुविधा प्राप्त गर्नको लागि ग्यालेक्सी स्टोरबाट पर्सनल डाटा इन्टेलिजेन्स एपको नवीनतम संस्करण चाहिने बताइएको छ। एकचोटि यो प्राप्त भएपछि, नाउ ब्रीफको सेटिङहरूमा कन्टेन्ट टु इनक्लुड (समावेश गर्ने सामग्री) खण्डमा नानो बनाना ईमेज क्रियसन सिर्जनाको लागि नयाँ टगल हुनेछ। उक्त टगल खोलेपछि काम अघि बढ्ने बताइएको छ। यसले रोजेको तस्बिर प्रत्येक दिन एकै समयमा रोटेट गर्ने र नाउ ब्रीफले यसको दैनिक मेमोरी रिक्याप उत्पन्न गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...