Technology Khabar २ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाइ मोटर ग्रुपले आगामी पाँच वर्षमा देशमा अभूतपूर्व ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
यो कदम सियोल र वाशिङटनबीच भएको नयाँ व्यापार सम्झौताको केही दिनपछि आएको हो।
हुन्डाइले यसलाई ‘कम्पनीको सबैभन्दा ठूलो घरेलु लगानी प्रतिबद्धता’ को रूपमा वर्णन गरेको छ।
कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ, “लगानीको ठूलो हिस्सा उच्च स्तरीय एआई प्रविधि आधारित नयाँ व्यवसायहरूमा केन्द्रित हुनेछ, जसले कोरियाको एआई र रोबोटिक्स नवप्रवर्तन प्रणालीको विकासमा योगदान पुर्याउनेछ।”
योजना अनुसार, समूहले ‘द्रुतगतिमा परिवर्तन हुँदै गरेको विश्वव्यापी व्यापार वातावरणमा सक्रिय रूपमा प्रतिक्रिया जनाउने क्षमताको’ झलक देखाएको छ । कम्पनीका अनुसार कुल लगानीको करिब ४० प्रतिशत एआई, सफ्टवेयर–डिफाइन्ड वाहन (एसडीभी), विद्युतीकरण, रोबोटिक्स र हाइड्रोजन क्षेत्रमा खर्च हुनेछ।
ह्युन्डाइको यस लगानीले दक्षिण कोरियामा निर्मित गाडीहरूको निर्यात १३ प्रतिशत बढाएर सन् २०३० सम्म २.४७ लाख एकाइ पुर्याउन मद्दत गर्नेछ ।
यस घोषणा अघि, अर्को ठूलो समूह सामसंगले पनि समान अवधिमा प्रायः एआई प्रविधिमा ४३१० अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ ।
सामसङ इलेक्ट्रोनिक्स विश्वका प्रमुख मेमोरी–चिप निर्मातामध्ये एक हो, जसले एआई उद्योग र यसको पूर्वाधारका लागि महत्वपूर्ण सामग्री प्रदान गर्दछ ।
ह्युन्डाइ मोटर ग्रुपमा कियासमेत पर्दछ, र यसले गत वर्ष दक्षिण कोरिया र विदेशमा कुल ७.२ मिलियनभन्दा बढी गाडी बिक्री गरिसकेको छ ।
यी लगानी प्रतिबद्धताहरू सियोल र वाशिङटनबीचको नयाँ व्यापार सम्झौतासँग सम्बन्धित छन्, जसअन्तर्गत ह्युन्डाइ गाडीहरू लगायत दक्षिण कोरियाली निर्यातमा कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत राखिनेछ।
तर, यो नयाँ दर पहिलेको स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत लागू भएको २.५ प्रतिशत भन्दा अझै उच्च छ। रासस/एएफपी
प्रकाशित: २ मंसिर २०८२, मंगलवार