
काठमाडौं ।
मेटाले युरोपेली संघ (ईयू) मा ब्लकको डिजिटल मार्केट्स एक्ट (डीएमए) अन्तरसञ्चालन आवश्यकताहरूको पालनाको एक भागको रुपमा व्हाट्सएप प्रयोगकर्ताहरूका लागि “थर्ड–पार्टि च्याट्स” नामक सुविधा घोषणा गरेको छ।
ईयूको एन अनुसार मेटालाई युरोपमा व्हाट्सएप प्रयोगकर्ताहरूका लागि तेस्रो–पक्ष म्यासेज सेवाहरू प्रयोग गर्ने व्यक्तिहरूसँग जोडिन मद्दत गर्ने सुविधा उपलब्ध गराउनु पर्ने साथै उनीहरुका एपहरू अन्तरसञ्चालन योग्य भएको हुनु पर्ने थप उल्लेख गरिएको छ।
व्हाट्सएपले आगामी महिनाहरूमा युरोपमा थर्ड–पार्टि (तेस्रो–पक्ष) च्याटहरू रोल आउट गर्ने बताइएको छ र यसले व्हाट्सएप प्रयोगकर्ताहरूलाई म्यासेजिङ एपहरू जस्तै बर्डीच्याट र हाइकेटका प्रयोगकर्ताहरूसँग प्रत्यक्ष कुराकानी गर्न अनुमति दिनेछ।
यी दुई सेवाहरूसँगको साझेदारी “युरोपेली म्यासेजिङ सर्भिसेस (सन्देश सेवाहरू) र युरोपेली आयोगसँगको तीन वर्ष भन्दा बढीको कामको परिणाम भएको र यसले तेस्रो–पक्ष च्याटहरूको समाधान निर्माण गर्दै प्रयोगकर्ताहरूको लागि गोपनीयता र सुरक्षालाई सकेसम्म धेरै संरक्षण गर्ने तवरले डीएमएको आवश्यकताहरू पूरा गरेको” मेटाले बताएको छ।
मेटाका अनुसार यसले तीन मुख्य सिद्धान्तहरू पालना गरेको छः
थर्ड–पार्टि (तेस्रो–पक्ष) च्याट सुविधा एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ भने एक पटक यो सुविधा युरोपेली क्षेत्रमा रोल आउट हुन थालेपछि प्रयोगकर्ताहरूले व्हाट्सएपमा सेटिङ्स ट्याबमा थर्ड–पार्टि (तेस्रो–पक्ष) एप्समा अरूसँग कसरी जडान गर्ने भनेर व्याख्या गर्ने नोटिफिकेसन देख्न सक्नेछन्।
एक पटक व्हाट्सएप प्रयोगकर्ताले अप्ट इन गरेपछि, तिनीहरूले थर्ड–पार्टि (तेस्रो–पक्ष) च्याटहरू मार्फत टेक्स्ट, भ्वाइस म्यासेजेहरू, तस्बिरहरू, भिडियोहरू र फाइलहरू सेयर गर्न सक्नेछन्। ध्यान दिनुहोस् कि अन्य म्यासेजिङ एप्सहरूमा मानिसहरूसँग जोडिने कार्य वैकल्पिक भएको र थर्ड–पार्टि (तेस्रो–पक्ष) च्याट सुविधा व्हाट्सएप प्रयोगकर्ताहरूले कुनै पनि समयमा सक्रिय वा बन्द गर्न सक्ने उल्लेख गरिएको छ।
यसबाहेक, मेटाले “हाम्रा सेवाहरूमा सकेसम्म इन्ड–टु–इन्ड इन्क्रिप्सन (ई२ईई) र अन्य गोपनीयता ग्यारेन्टीहरू कायम राखेर” तेस्रो–पक्ष अन्तरसञ्चालनशीलता विकास गरेको भनि बताएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २ मंसिर २०८२, मंगलवार