Technology Khabar १ मंसिर २०८२, सोमबार
काठमाडौं ।
ब्याकबोनले आफ्नो एक्सबक्स कन्ट्रोलरको नयाँ प्रो संस्करण प्रस्तुत गरेको छ। “ब्याकबोन प्रो एक्सबक्स एडिसन” लाई लगभग हरेक पक्षमा अवस्थित वान कन्ट्रोलर भन्दा उल्लेखनीय सुधारको रूपमा प्रस्तुत गरिएको छ।
यो कन्ट्रोलर अझै पनि फोन वा समान डिभाइसमा उपयोग हुने यूएसबी–सी चार्जरसँग आउने बताइएको छ भने कन्ट्रोलर अब वास्तविक एक्सबक्स ‘गेमप्याड’ को नजिक पुगेको उल्लेख गरिएको छ। यसमा फुल–साइज्ड (पूर्ण–आकारको) कन्ट्रोलर स्टिकहरू, हल–इफेक्ट ‘ट्रिगरहरू’ र दुईओटा कस्टमाइजेबल रियर बटनहरू छन्। साथै धेरैजसो कमाण्ड (आदेश) हरू रिम्याप गर्न सकिने बताइएको छ। यसले गेम पास लाइब्रेरी ब्राउज गर्न सजिलो बनाउने अपेक्षा गरिएको छ।
त्यसै उद्देश्यका लागि, यो कन्ट्रोलरमा ब्लुटुथ पनि उपलब्ध गराइएको छ। यसको मतलब खेलाडीहरूले आफ्नो स्मार्टफोन वा ‘गेमप्याड’ मा भौतिक रूपमा जडान हुने कुनै पनि ‘डभाइसमा निर्भर हुनु नपर्ने उल्लेख गरिएको छ।
गेम पास हालका वर्षहरूमा कम्प्युटर र स्मार्ट टिभीदेखि मेटा क्वेस्ट जस्ता भीआर हेडसेटहरूसम्म लिएर विभिन्न प्लेटफर्महरूमा उपलब्ध छ भने कम्पनीले सरल “ट्याप एण्ड प्ले” अनुभवको वाचा गरेको बताइएको छ।
यो ब्लुटुथ मोडले प्रति चार्ज ४० घण्टासम्मको ब्याट्री लाइफ प्रदान गर्ने बताइएको छ। तपाईंको स्मार्टफोनले वायर्ड सेटअपमा प्रयोग गर्दा कन्ट्रोलरले पावर प्राप्त गर्दछ र त्यसैले यो तपाईंको फोन जत्तिकै लामो समयसम्म टिक्ने उल्लेख गरिएको छ। कन्ट्रोलरहरू कम्पनीको विशेष एपमा जडान गर्न सकिने बताइएको छ र यसले आदेशहरू र अन्य अनुकूलन विकल्पहरूको रिप्रोग्रामिङको लागि अनुमति दिने उल्लेख गरिएको छ।
हाल, बेस्ट बाइ जस्ता भौतिक स्टोरहरू र अमेजन जस्ता डिजिटल स्टोरहरूमा कन्ट्रोलर बिक्रीको लागि उपलब्ध रहेको बताइएको छ। कन्ट्रोलरको मूल्य १८० अमेरिकी डलर कायम गरिएको छ र गेम पास अल्टिमेट सदस्यताको एक महिनाको निःशुल्क सदस्यताको साथ आउने बताइएको छ। मूल्य निरन्तर बढिरहेको हुनाले एक मात्र सम्भावित समस्या भनेको गेम पास आफैंमा हुन सक्छ भनि टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १ मंसिर २०८२, सोमबार